कोरोनालाई जितेर घर फर्किइन् ८१ वर्षीया वृद्धा ।

वैशाख११ , पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु आमा र छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।