भारतमा मृत्यु हुनेको संख्या बढ्दो ।

बैशाख ४ , कोरोना भाईरसका कारण भारतमा मृत्यु हुनेको संख्या ४२४ पुगेको छ ।

अहिले संक्रमितको हिसावले भारत १८ औ स्थानमा छ । गत चैत्र २९ गते हामीले समाचार तयार गर्दा २२ औ स्थानमा थियो । भारतमा १३ हजार १ सय ४८ जनामा संक्रमण देखिएको छ । अहिले सम्म ज्यान गुमाउनेको संख्या ४ सय २४ पुगेको छ ।

भारतमा दिनानुदिन संक्रमण बढ्दै जादा नेपालमा पनि झनै चिन्ता थपिदै गएको छ । नेपालमा अहिले सम्म १६ जनामा संक्रमण देखीएको छ । आज सम्म ६ हजार ८ सय ७१ जनाको परिक्षण गरियको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म गरेको छ। त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका र हवाइ उडान पनि बन्द रहनेछन्। सरकारले कोरोना भाइरस रोथामका लागि लकडाउन २०७६ साल चैत्र ११ गतेबाट जारी गरेको थियो ।

अहिले सम्म विश्वभर २१ लाख ८ हजार ४ सय ४५ जनामा संक्रमण देखिएको छ । ति मध्ये ५ लाख २६ हजार ७ सय जना निको भएर घर फर्किएका छन् र १ लाख ३७ हजार ३६ जनाको मृत्युु भएई सकेको छ ।