राहतको नाममा फोटो खिचेर सामाजिक संजालमा राख्न प्रतिबन्ध ।


चैत्र २९, कोभिड १९ कोरोना भाइरस रोकथामका लागि राज्ले घोषणा गरेको लकडाउनसँगै बिपन्न परिवारलाइ हातमुख जोर्न धौधौ भएको छ । यस्ता परीवारको पहिचान गर्दै देशभरका स्थानिय तहले राहत बितरण गरेका छन् । सामाजिक संजालमा फोटो प्रदर्शन गर्ने प्रवृत्तिमाथी आलोचना हुन थालेपछी स्याङजाको वालिङ नगरपालिकाले रहात बितरणको अबधिमा फोटो खिच्न प्रतिबन्ध लगाएको छ । गरीब, मजदुर लगाएत बिपन्न परीवारको प्रतिष्ठामा आँच आउने बिषयलाइ मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरप्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाले पहिलो चरणमा १९४६ परिवारको पहिचान गर्दै कुपनमार्फत राहत बितरण शुरु भएको छ । नगरभित्र रहेका १४ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा पायक पर्ने स्थानबाट रहात सामाग्री प्राप्त गर्न सकिनेछ । नगरपालिकाले घर र आयस्रोत नभएको परीवारलाइ प्राथमिकतामा रााखेको छ ।

पारिवारिक संख्याको आधारमा पहिलो चरणमा १५ दिनलाइ पुग्नेगरी तरकारी सहित चामल, नुन, दाल, साबुन र तेल बितरण गरिएको छ ।