कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाध्यो।

चैत्र २९, कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सख्या १ लाख ३ हजार ८ सय ४१ पुगेको छ ।

अहिले सम्म विश्वभर १७ लाख १५ हजार ५ सय ८९ जनामा संक्रमण देखिएको छ । ति मध्ये ३ लाख ८८ हजार ८ सय ९९ जना निको भएर घर फर्किएका छन् । जसमध्ये ४५ हजार ९ सय ५६ जनाको स्वास्थ्य अवस्था चिन्ता जनक रहोको एजेन्सी ले जनाएको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा ५ लाख ३ हजार ४ सय ७८ छन् भने अहिले १८ हजार ७ सय ७५ जनाले ज्यान गुमाइ सकेका छन् ।

अहिले संक्रमितको हिसावले भारत २२ स्थानमा छ । भारतमा ८ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ । भारतमा अहिले सम्म ज्यान गुमाउनेको संख्या २ सय ४९ रहेको छ । भारतमा दिनानुदिन संक्रमण बढ्दै जादा नेपालमा पनि झनै चिन्ता थपिदै गएको छ । नेपालमा अहिले सम्म ९ जनामा मात्रै संक्रमण देखीएको छ । आज सम्म ४ हजार ४ सय २६ जनाको परिक्षण गरियको छ ।