चीनमा नियन्त्रण तर विश्वा आतंक मचाउदै कोरोना

पोखरा २० चैत

चीनको सहर बुहान बाट सुरुभएको कोरोना भाईरस चिनमा नियन्त्रणमा आईसकेको छ भने बिश्वका अन्य शहरहरुमा भने ठुलै आतंक मच्चाईरहेको छ । अहिले भने चिनमा संक्रमितको संख्या ८१ हजार ५ सय ८९ मघ्य ७६ हजार ४ सय ८ जाना पहिलाकै स्वास्थ्य अवस्थामा फर्किएका छन भने ४ सय २९ जानाको अवस्था चिन्ताजनक रहेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय १८ पुगेको छ । चिन बाट सुरुभएको कोरोना भाईरस चिनमात कन्ट्रोलमा आयो तर यसले बिश्वलाईनै आतंकित बनाएको छ । आङ्ग नै जिरिङ्ग हुनेगरी बिश्वमानै संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ ।

यो समाचार तय गर्दासम्म कोरोना रोगबाट ग्रसित हाल सम्म विश्व भरि संक्रमितको संख्या ९ लाख ४६ हजार ८ सय ५७ रहेको छ भने ४८ हजार १ सय ३५ जनाले ज्यान गुमाई सकेका छन र २ लाख ३ सय १७ जाना पहिलाकै अवस्थामा फर्किएका छन जसमध्ये ३५ हजार ८ सय २८ जानाको स्वास्थ्य अवस्था भने अझै गम्भीर रहेको छ ।

अमेरिकामा अहिले एकैदिनमा संक्रमितको संख्या २७ हजारले बृद्रिभएको छ । अहिले अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार ३ सय ४४ भन्दा बढिरहेकाछन ८ हजार ८ सय ७८ पहिलाकै स्वास्थ्य अवस्थामा फर्केकीएका छन ५ हजार ५ जाना अवस्था अझै चिन्ताजनक छ भने ५ हजार १ सय २२ जानाको मृत्यु भईसकेको छ । जस मध्य न्युयोर्कमा मात्र ८४ हजार ४६ जाना संक्रमित रहेका छन भने २ हजार २ सय २० जानाको मृत्यु भईसकेका छ ।

ईटाली दोस्रो ठुलो संक्रमित राष्टको रुपमा रहेको छ जसमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ मध्य १६ हजार ८ सय ४७ जाना पहिलाकौ अवस्थामा फर्किएका छन भने ४ हजार ३५ जानाको अवस्था चिन्ताजनक रहेको छ र १३ हजार १ सय ५५ जानाको ज्यान गईसकेको छ ।

इटालि पछिको सबै भन्दा धेरै संक्रमित भएको अर्को देशहो स्पेन । जहाँ संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ रहेका छन भने जस मध्य २२ हजार ६ सय ४७ जाना पहिलाकै अवस्थामा फर्किएका छन र ५ हजार ८ सय ७२ अवस्था चिन्ताजनक छ भने ९ हजार ३ सय ८७ ले ज्यान गुमाई सकेका छन ।

हाम्रो छिमेकी राष्ट्र भारतमा पनि दिनानु दिन संक्रमितको संख्या बढ्दै गएको छ । भारत को अहिले सम्मको अवस्था यस्तो छ । कोरोनाबाट संक्रमितको संख्या २ हजार ३२ जाना रहेका छन १ सय ४८ जाना पहिलाकै स्वस्थ्य स्थितिमा फर्किएका छन भने ५८ जाना भारतिय नागरिकले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन । अब पनि हामी वीर नेपाली हामीलाई पहिलो र दोस्रो विश्व युद्धमा पनि केही भएन र अहिले पनि केही हुन्न भनेर लापरभाई गरेर सरकारको निर्णय बिरुद्दलागेल लकडाउनको प्रवाह नगरि लापरबाही गर्ने र अब पनि हाम्रो घैटोमा घाम नलागे नेपालीले पनि ठुलो धान जनको क्ष्यति बेहोर्नु पर्ने निस्चित छ ।

बेला बेला साबुन पानीले हात धोऊ सेनिटाईजर को प्रयोग गरौ अनावश्यक काममा घरबाट बाहिन ननिस्कौ आफु पनि बाँचौ र अरुलाई पनि बचाउ एउटा असल नगरिकको परिचय दिउ ।