रानीवनको साधारणसभा सम्पन्न

पोखरा ।

रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो ।

यस्तै, सोही आवको शेयर पुँजी रु दुई करोड ५५ लाख ४८ हजार छ सय रहेको छ । यस्तै, साधारणसभाले कोषाध्यक्ष, सचिव र लेखा समितिको प्रतिवेदन समेत पास गरेको सञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद सुवेदीले जानकारी दिए ।

साधारणसभामा उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । सभामा १५ जना शेयर सदस्यका बिभिन्न तहमा अध्ययन गर्ने छोराछोरीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पोखरा चेम्बर्स अफ कर्मस कास्कीका अध्यक्ष किसान सुनारले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले बिशेष योगदान दिएको बताए । उनले सहकारी क्षेत्रमा रानीवन बचत तथा ऋण सहकारी संस्थाले गरेको योगदानको कदर गरेका थिए । सरकारले सहकारीहरुले गरेको योगदानको बिषयलाई बिर्सन नहुने उल्लेख गरे ।

पोखरा पर्यटन परिषदका महासचिव दिल्लीप्रसाद गौतमले सहकारीले बेरोजगार रोजगार नपाएर विदेशिएको युवायुवतीलाई उद्यमी र उद्यमशील बन्नको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।