वरिष्ट चित्रकार रञ्जितको १२ संघसंस्थाद्वारा श्रद्धाञ्जलीसभा

पोखरा ।

वरिष्ट चित्रकार किरण रञ्जितको तेह्रौं पुण्यतिथिमा बुधवार रामबजारस्थित श्रीकृष्ण मन्दिरमा उहाँ आवद्ध रहेका १२ वटा संघ संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। ५७ वर्षको उमेरमा हृदयघात भई असमायिक निधनको तेह्रौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय रञ्जितको स्मरण गरिएको हो।

श्रीकृष्ण मन्दिर सञ्चालक समिति रामबजार, सिर्जनशील कलाकार समुह पोखरा, हेरालो प्रतिष्ठान कास्की, श्री राममन्दिर सञ्चालक समिति रामबजार, लायन्स क्लव अफ पोखरा आँगन, संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री सत्यसाई भजन समुह रामबजार, श्रीकृष्णमन्दिर आमा समुह, रामबजार टोल सुधार समिति, रामबजार ताया मचा नाच समिति, पोखरेली युवा साँस्कृतिक परिवार पोखरा, नेवा मिसा पुच रामबजारले कार्यक्रम आयोजना गरिएको हो।

श्रद्धाञ्जली कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले श्रद्धाञ्जली व्यक्त गर्नुहुदै पोखराले स्वाभिमानी चित्रकार गुमाएको बताउनुभयो। कलाकारिता मार्फत पोखरालाई परिचित गराउनु भएका स्वर्गीय रञ्जितले पोखरा आर्ट ग्यालरी निर्माणमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै उहाँले स्मरण गर्नुभएको थियो। स्वर्गीय रञ्जितको कृतिचित्रहरुलाई आफुले कोशेलीका रुपमा देश परदेशमा पु¥याउदै आएको भन्दै उहाँ अब बाबाको स्मृतिमा छोरीहरुले आर्ट गर्नुपर्ने सुझाव दिनुभएको थियो। वरिष्ठ चित्रकारको आकस्मिक निधनले पाँच दशक उमेर पुगेकाहरुले वार्षिक अर्थात अर्धवार्षिक स्वास्थ्य तथा मुटु परिक्षण गर्नुपर्ने भनाई पनि उहाँको थियो।

सम्पुर्ण संघ संस्थाको तर्फबाट श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुहुदै हेरालो प्रतिष्ठानका अध्यक्ष निरज थापाले वरिष्ट र असल चित्रकार गुमाएको बताउनुभयो। असल अभिभावक, असल श्रीमान, सबैले प्रसंशा गर्ने चित्रकार र सबैको आदर्श व्यक्तित्व किरण रञ्जितको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको उहाँको भनाई थियो।

उक्त कार्यक्रममा संगम वचत तथा ऋण सहकारीको शेयर सदस्य समेत रहनुभएका स्वर्गीय रञ्जितको परिवारलाई सहकारीको तर्फबाट १५ हजार राहत रकम र समवेदना पत्र हस्तान्तरण गरिएको थियो। सहकारीले आफ्नो शेयर सदस्यको निधनमा राहत रकम सहयोग गर्दै आईरहेको सहकारीका अध्यक्ष निरज थापाले जानकारी दिनुभयो।

कार्यक्रममा संगीतकार नवराज बराल, लायन्स क्लव अफ पोखराका रामनायरण श्रेष्ठ, नेवा मिसा पुचकी सर्मिला प्रधानाङ्गले स्वर्गीय रञ्जितको योगदानको बारेमा चर्चा गर्नुहुदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

श्रीकृष्णमन्दिर सञ्चालक समितिका संरक्षक गणेशकुमार प्रधानको अध्यक्षता र अध्यक्ष ज्ञानबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरुले स्वर्गीय रञ्जितको तस्बिरमा पुष्र्पापण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।