स्याङ्जामा प्रधानमन्त्री रोजगार कार्यक्रमका निवदेन संकलन कार्य तिव्र

चैत्र २८, स्याङ्जा ।

स्याङ्जाको गल्याङमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवदेन संकलन कार्य तिव्र पारिको छ ।

रोजगारिको हक सम्बन्धि ऐन २०७५ को दफा ११ रोजगारीको हक सम्बन्धी नियमावली अनुसार कार्यलाई अगाडी वढाएक ोप्रधानमन्त्री रोजगार गल्याङन गरपालिका संयोजक कल्पना पाण्डेले जानकारी गराईन् ।

सो अभियानमा सम्लग्न हुन चाहाने व्यरोजगार १८ वर्ष देखि ५९ वर्ष सम्मका युवा युवतीहरुले फर्म भर्न सकिने छ । साथै रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बरावरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माण काममा योगदान गर्नु पर्ने जस्ता कुराहरु समावेश गरिएको छ ।