स्याङ्जामा चुरापोते बनाउने तालिम

चैत्र २८,स्याङ्जा
स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले चुरापोते बनाउने तालिम निक्कै राम्रो भएकाले यहि सिप द्धारा स्वावलम्बी बन्न सुझाव दिए ।

स्याङ्जाको गल्याङ नगरपालिका–३, गल्याङ बजारमा रहेको महिला सेवा वहु उद्देस्यीय सहकारी संस्था लिमिटेड द्धारा आयोजित चुरापोते बनाउने तालिमलाइ सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वढ्दो आधुनिकता संगै महिलाहरुले पृथक खालका चुरापोतेहरुको चाहाना राख्ने भएकाले यो सिपलाइ उपयोग गर्न सकेमा महिलाको दैनिकि फेरीने दावी गरे ।

अधिकारीले यो व्यवसाय सञ्चालन गर्न यदि कसैलाइ आर्थिक अभाव भएमा सहुलियत दरमा नगरपालिकाले कर्जाको प्रवन्ध गरिदिने बताए ।

उनले महिलाहरुले उत्पान गरेका सामग्रीहरुको विक्रि वितरण गर्न समस्या भएमा नगरपालिकाले वजार व्यवस्थापन गरिदिने भन्दै ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गरे ।

कार्यक्रममा संस्थाककी अध्यक्ष इन्दिरा लुइटेलले “सिप, क्षमता र स्वाभिमान हाम्रो अभियान” भन्ने संस्थाको नारालाइ सार्थकता दिन यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

उनले यस्ता तालिमले थोरै लगानी गरेर फुर्सदको समयमा घरमै वसेर पनि उत्पादन गर्न टेवा पुग्ने बताउँदै तालिमको उच्चतम प्रयोग गर्न आग्रह गरिन् ।

त्यस्तै संस्थाको कोषाध्यक्ष भेमला बरालले महिलाहरुले अवसरलाइ चिन्न नसकेर पछि परेको भन्दै यो अवसरलाइ भरपुर प्रयोग गर्न सुझाव दिइन् ।

उनलेले अहिलेको समयमा महिलाहरु पनि घरमै वसेर उद्यमी बन्न सक्ने भन्दै सिकेको सिप अरुलाइ पनि वाँड्न पर्ने बताईन् ।

महिला सेवा वहु उद्धेश्यीय सहकारी संस्था लिमिटेड अध्यक्ष इन्दीरा लुईटेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष लाली गुरुङले र सञ्चालन सह–सचिव सिता भण्डारीले गरेका थियो ।