सिजीको सामान खरिदमा २० प्रतिशत छुट

पोखरा ।

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले २० प्रतिशत सम्मको छुट दिने योजना ल्याएको छ । यहि पौष १२ गते देखि पौष १८ गतेसम्म सिमित अवधिको लागि मात्र आफ्ना ग्राहक महानुभावहरुमा सिजीको कुनै पनि घरायसी सामानको खरिदमा २० प्रतिशत सम्मको छुट दिने योजना रहेको जनाउको हो ।

उक्त योजना पोखराको न्यूरोड स्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागु गरिएको छ । साथै यो योजना भरी उक्त पसलमा विभिन्न किसिमका रमाइला कार्यक्रम पनि हुने जनाइएको छ । उक्त कार्यक्रममा सहभागी भई विभिन्न किसिमका आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सकिने छ । तसर्थ आजै गई २० प्रतिशतको भारी छुट र आकर्षक उपहारहरु प्राप्त गर्न अनुरोध गरिएको छ ।