व्यवसायिक महिला क्लबको आँखा शिविर

पोखरा ।

पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगका शिविर आयोजना गरेको हो ।

विद्यालय परिसरमा आयोजित शिविरमा पर्वत जिल्ला सगै आसपासका विभिन्न स्थानवाट आएका दुई सय ९० जनाले आँखा जाँच गराएका थिए । आँखा जाँच गर्नेहरुमध्ये १० जनाको अप्रेसन गर्नु पर्ने र उनिहरुको हिमालय आँखा अस्पताल पोखरामा अप्रेसन ह्ने क्लबकी उपाध्यक्ष एंव नि शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन ।

कार्यक्रममा ७० हजार वरावरकोसगै औषधी सगै एक सय ८४ बटा चश्मा वितरण समेत गरिएको उपाध्यक्ष पराजुलीले जानकारी दिईन । अप्रेसन गर्नु पर्ने १० जनालाई पोखरा ल्याईएको र उनिहरु मध्ये आठ जनाको आईतवार अप्रेसन समेत भै सकेको उनले बताईन ।
कार्यक्रममा क्लबकी सदस्यहरु शान्ती भुसाल, बिन्दु पौडेल, ईन्दु भट्टराई, कल्पना ढुगाना, लक्ष्मी गुरुङ र रजनी श्रेष्ठ, पशुपति माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ढण्डपाणी शर्मा, प्रधानाध्यापक सुर्यप्रसाद पौडेलले लगायतले आँखाको महत्व सगै विविध पक्षका वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

क्लवले यस अघि गत वैशाखमा पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तकालयमा कम्प्युटर, डिजिटल अडियो मिक्स्चर, हार्डडिक्स, माइक्रोफोन, टेबुल पंखा, युएसपी, ब्याट्री, मेमोरी कार्ड, पेनड्राईभ, कार्ड रिडर सगै ब्रेल पेपर लगाउतका शैक्षिक सामग्रीहरु सहयोग गरेको थियो । यसै गरि बैशाखमै क्लबले न्युन आयस्रोत भएकी पोखरा ११ फुलवारि वस्ने सुजा पुनलाई गुजाराको लागि एक लाख २६ हजार नगद सहयोग गरेको थियो । क्लब मार्फत सिलाई कटिङको तालिम लिएकी पुनलाई सिलाई मेसिन सगै आवश्यक कपडा र अन्य सामग्री खरिद गर्न सो सहयोग गरिएको उपाध्यक्ष पराजुलीले जानकारि दिईन ।