पर्यटकिय कास्कीकोटमा चैते दशै महोत्सव सुरु

चैत्र २८, पोखरा ।

पर्यटकिय कास्कीकोटमा आजदेखि प्रथम कास्कीकोट चैते दशै महोत्सव सुरु हुदै छ । पर्यटकीय स्थल कास्कीकोटमा आज देखि ३० गते सम्म हुने महोत्सवमा करिब ५० हजारले महोत्सवको अवलोकन गर्ने आयोजकले अनुमान छ ।

महोत्सवमा विभिन्न साँस्कृतीक झाकी मगर समुदायको कौरा नृत्य लोप उन्मुख खेलहरुको प्रर्दशन रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । आज भलिबल प्रतियोगीता, खुल्ला कविता प्रतियोगीता, सडक दौड हुनेछन् ।

महोत्सवमा सर्वाधीक पुरस्कारको खुल्ला भजन चुट्का प्रतियोगीता, कृर्षी तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, म्युजीकल चियर, रस्साकसी, छेलो हान्ने, दौड, लोप उन्मुख सरुन खेलको प्रर्दशन, नौमती तथा पञ्चेवाजा प्रर्दशन, राष्ट्रिय तथा स्थानीयलोक कलाकारहरुको प्रस्तुति, विभिन्न सांकृतीक झाकी लगाएत विविध कार्यक्रमहरुको आयोजना गरीएको छ ।

महोत्सव सम्पन्न गर्न १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ । कास्कीकोट गुप्तकालीका मन्दिरमा प्राय दशै र चैते दशैमा सयौ वर्ष अगाडी देखि पुजा गर्न आउने गर्दछन् ।