गायक गगन पुन र गायिका मेलिना राईको पञ्चेबाजा बजारमा

पोखरा ।

अहिलेको युवा पुस्तामा चर्चित गायिका मेलिना राई र युवा गायक गगन पुनको पहिलो पन्चे बाजा गीत “बेनी बजार“को भिडियो सार्वजनिक भएको छ । बहु प्रतिभाका धनी गायक तथा संगीतकार गगन पुनका अन्य गीतहरु भन्दा यो पन्चे बाजा गीत “बेनी बजार” टिपिकल मौलिक संस्कृति परक रहेको छ। गायक गगन पुन गायक मात्र नभएर राम्रा संगीतकार पनि हुन्।

उक्त पन्चेबाजा गीतमा गायक गगन पुनकै संगीत रहेको छ भने, संगीत संयोजन कुमार थापाको रहेको छ । गायकीमा गायक गगनलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । गायक गगन पुनले उक्त गीतमा चर्चित मोडेल आरुषी मगर संग आफैले अभिनय गरेका छन्, त्यसैले गायक गगन पुनलाई (मान्छे एक प्रतिभा अनेक) भन्दा फरक नपर्ला । पन्चे बाजा गीतमा शब्द भने चर्चित संगीतकार देव पुनको रहेको छ,साथै गीतको भिडियोमा निर्देशन पनि देव पुन कै रहेको छ । छायांकन भने कमल पुन, नृत्य निर्देशन दिलिप राना र सम्पादन छबि रानाको रहेको छ ।

गीतको भिडियोमा कलाकार संयोजकको काम प्रकाश गर्बुजा,लक्ष्मी गर्बुजा नौमती बाजा समूह डग्नामको रहेको छ भने, परिकल्पना आशिका पुन’को रहेको छ । गीतको भिडियो सोंचे भन्दा राम्रो मौलिक संस्कृति झल्किने र भिडियोम बि(बोइन्ग डान्स, थाली नाच साथै आफ्नै गाउँ ठाउँ’ दग्नाम’को मौलिक भेष भुषा झल्किने बडा रमाईलो भिडियो बनेकोछ, भन्दै गायक गगन पुन’ले सबै संगीत प्रेमिहरुमाझ अब अरु सांगीतिक कोसेलीहरु पनि आफनै युट्युब च्यानलमा आउने जानकारि गराउंदै आफ्नो युट्युब च्यानल (गगन पुन) लाई सबस्क्राईब गर्नको लागि अनुरोध गरेका छन् । गीतको भिडियोलाई गायक गगन पुनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ