हेमजाका तिमिल्सिनाको कुल पुजा सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बसोबास गर्दै आएका तिमिल्सिना बन्धुले बिहीबार आफ्नो कुल पूजा गरेका छन । मौद्गल्य ऋषिका सन्तती तिमिल्सिना बन्धुले कुल मन्दिरको निर्माण गरी आफ्ना ऋषिको स्थापना संगै कुल पूजा गरेका हुन ।

कुल मन्दिरको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खुल्ला समाजमा विविधता भएको बताउदैँ सबैलाई एकतामा समेट्न कुल मन्दिरले भुमिका खेल्ने र गोत्र तथा कुलको हितको लागि एक हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सल्लाहाकार चुडामणी तिमिल्सिना र सोभाकर तिमिल्सिनाले आफ्नो वशंको रक्षा गर्नु हाम्रो दायित्व भएको उल्लेख गरेका थिए । उक्त अबसरमा अध्यक्ष हिमलाल तिमिल्सिना र सानो कुल प्रसाद तिमिल्सिनालाई सम्मान गरिएको थियो ।

मन्दिर उद्घाटन अघि हेमजा डडालिथर निवासि रबिलाल तिमिल्सिनाको घरबाट दियोको साथमा बाजागाजाको ¥याली निकालिएको थियो । रबिलाल तिमिल्सिनाको घरबाट निकालीएको ¥याली कुल मन्दिर मड्केल्नु पाखो चापाघाट पारी पुगेर सम्पन्न भएको थियो । उक्त ¥यालीको नेतृत्व प्रचार प्रसार संयोजक तिलक तिमिल्सिनाले गरेका थिए ।

कुल पूजा सञ्चालनबाट भातृत्व सद्भाब फैलिनुको साथै संस्कृति संरक्षणमा जोड दिई भाबी सन्ततीलाई एकीकृत गर्दै नैतिक ,आदर्श र चरित्रवान नागरिक निर्माण गर्ने उद्देश्यका साथ पुजा सञ्चालन गरिएको हो ।