साग महिला ह्याण्डबल, नेपाल सेमिफाइनलमा

पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको नेपालले लगातार २ खेल जित्दै सेमिफाइनलमा प्रबेश गरेको हो । समुह ए मा भारत, पाकिस्तन र माल्दिभ्स रहेको छ

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । जसमध्ये उमाले ७ गोल पेनाल्टीबाट गोल गरेकी हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो ।