कास्की काँग्रेसद्वारा मतदातालाई आभार व्यक्त

पोखरा ।

नेपाली काँग्रेस चुनाव प्रचार मूल समिति कास्कीले काँग्रेसको पक्षमा मतदान गर्ने मतदाता प्रति आभार व्यक्त गरेको छ । समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतकाबाबजुदपनिकाँग्रेसलाई मतदिने मतदाताप्रतिआभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनको बेलाविभिन्न स्थानमामतदातालाई आतंकितपार्ने गरी गरिएकाविष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दागरिएको छ । त्यस्तै, निर्वाचन सम्पन्नगर्न सहयोग गर्ने निर्वाचनकार्यालय, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई धन्यवाददिइएको छ ।

विज्ञप्तिमानिर्वाचनअवधिमाकास्कीआएर सहयोग गर्ने पार्टी सभापतिएवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.सशांककोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ताविश्वप्रकाशशर्मा, केन्द्रीयप्रतिनिधि डा मिनेन्द्र रिजाललगायत पार्टी केन्द्रकापदाधिकारी र केन्द्रिय सदस्यहरुप्रतिहार्दिक धन्यवादव्यक्त गरेको छ ।

यसैबीच, कास्कीकाँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतातथा केन्द्रीयप्रतिनिधि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको उपस्थितिमा सोमबार बसेको बैठकले केहीदिनभित्रनिर्वाचनको समीक्षागर्दै पार्टी सुदृढिकरणका अभियान सुरुगर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रिय सदस्यएवं प्रतिनिधिडा.मिनेन्द्र रिजालले पार्टीलाई सुदृढीकरण गर्नुको बिकल्पनभएको बताए । ‘बलियो पार्टीमामात्रै हामी सबै सुरक्षित हुन्छौ, उनले भने, ‘सबैमिलेर पार्टीलाई सशक्त र मजबुदबनाउन जुटौं ।’

उम्मेदवार खेमराजपौडेलले पार्टीभित्र र बाहिरबाट ठूलो साथ सहयोग र सहानुभूतिपाएको उल्लेख गरे । निर्वाचनकालागिकात्तिक २५ गते पोखरा आएका नेता रिजाल सोमबार राजधानीफर्केको जिल्ला सदस्यनवीनसिग्देलले जानकारी दिए ।

जनताकाआवश्यकता पूरा गर्न खटिरहन्छु – पौडेल

कास्की क्षेत्र नं २ उपनिर्वाचनमाकाँग्रेसतर्फकाप्रतिनिधिसभा सदस्यउम्मेदवार खेमराजपौडेलले निर्वाचनका बेलाजनताकाबीच गरेकाप्रतिवद्वता पूरा गर्न सदैव क्रियाशीलबन्ने बताएका छन् ।

उम्मेदवार पौडेलले सोमबारविज्ञप्ति प्रकाशित गरीनिर्वाचनमाप्राप्त सहयोग, सद्भाव र सहानुभूतिप्रतिआभार व्यक्त गरेका छन् । विज्ञप्तिमा निर्वाचनलाई सफलबनाउन खट्ने निर्वाचनकार्यालयकाकर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाददिइएको छ ।

त्यस्तै, निर्वाचनमाअहोरात्र खट्ने पार्टीका नेतातथाकार्यकर्तालाई निराशनहुनआग्रह समेत गरिएको छ । विज्ञप्तिमा निर्वाचितविद्याभट्टराईलाई बधाई ज्ञापन गर्दै रचनात्मककाममा सदैव सहयोग रहने र जनताको आवश्यकता पूरा गर्न खटिरहने उल्लेख गरेका छन् ।