पोखरामा नेकपाको विजर्य याली, सुकुम्वासीलाई एक वर्ष्भित्रमा लालपुर्जा स् भट्टराई

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले सोमबार पोखरामा विजर्यी याली निकालेको छ । कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका खेमराज पौडेललाई भारी मतान्तरले पराजित गरेकी थिइन् ।

पोखराको महेन्द्र पुलबाट सुरु भएको विजर्यी याली चिप्लेढुंगा, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो । नेकपाका सर्मथकहरुले निर्वा्चित भट्टराईलाई फूलमालाले सम्मान गरेका थिए ।

सभामा बोल्दै नवनिर्वा्चित सांसद भट्टराईले समृद्ध पोखराका लागि भूमिहीनहरुको समस्यालाई सम्बोधन गर्न प्रदेश, स्थानीय सरकारलाई झकझक्याउने बताइन् । उनले पोखरामा रहेका सुकुम्वासीहरुलाई एक वर्ष्भित्रमा लालपुर्जा दिने प्रतिबद्धतासमेत जनाइन् ।

भट्टराईले कुल खसेको मतमध्ये २४ हजार ३९५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी पौडेलले १५ हजार ९८६ मत ल्याए । भट्टराईले पौडेलभन्दा ८ हजार ४०९ मत बढी ल्याउँदै जित हासिल गरेकी हुन् ।