साग सम्पर्क अधिकारी (लियाजन) प्रशिक्षण सम्पन्न

पोखरा ।

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन आउने विदशी खेलाडी तथा अतिथिको सहजताको लागि राखिने सम्पर्क अधिकारी (लियाजन) हरुको प्रशिक्षण सम्पन्न भएको छ ।

१३ औँ सागको लागि पोखरा आउने खेलाडी तथा विशिष्ट पाहँुनालाई पोखराको बारेमा जानकारी दिन तथा खेल अवधिभर सहज वातावरण निमार्ण गर्न लियाजन कमिटिले ५० जना लियाजन खटाउने भएको हो । लियाजनमा सहभागीहरुलाई ५ दिनको प्रशिक्षण दिएको थियो भने लियाजन कमिटिले थप ११ जनालाई वैकल्पिक रुपमा राख्ने गरी कुल ६१ जनालाई प्रशिक्षण दिएको हो ।

८ गते देखि १२ गते सम्म दिइएको प्रशिक्षणमा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, पुर्व पर्यटन वोर्ड सदस्य वाशु त्रिपाठी, बसोवास उपसमितिका संयोजक सुर्य भुजेल, यातायात उपसमिति संयोजक तोरण बानियाँ र सुरक्षा व्यवस्था उपसमिति संयोजक डा. पदम खड्का लगायतले प्रशिक्षण दिएको उक्त उपसमितिका संयोजक जगन गुरुङले जानकारी दिए ।