प्रचण्डको प्रश्न–‘झूट बोलेर दिउँसै रात पार्ने ? शेरबहादुरजीले उट्पट्याङ गर्ने ?

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको टिप्पणी गरेका छन् । बुधबार कास्की–२ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ’गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्ने ? शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने ? ’

उनले घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम देउवाले तर्क समेत गरे । ‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ प्रचण्डले देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लागेकोसमेत बताए । उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए। ‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला। के कांग्रेस इतिहासको कथा बन्न चाहेको होरु,’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो। म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’

प्रचण्डले अव मुलुकमा राजनीतिक अस्थीरता नरहेको बताए । उनले भने, ’जनतामा अन्योलता थियो । सरकार पाँच वर्ष टिक्छ कि टिक्दैन भन्ने पनि थियो । हामीले त्यसखालको अवस्थाको अन्त्य गरिदिएका छौं । फरक प्रसंगमा उनले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी नेकपा नै भएको बताए ।

प्रचण्डले भने, “राष्ट्रपतिमा महिला सिफारिस गर्ने, उमेदवार बनाउने पार्टी नेकपा नै हो । म प्रधानमन्त्री भएका बेला प्रधानन्यायाधीशमा पनि महिला नै बनाएँ । हामीले मगर समूदायबाट प्रतिनिधित्व गराउँदै महिलालाई नै सभामुख बनाएका छौैं । अब दलितबाट कोही प्रधानमन्त्री बन्छ ।