कालिका मा बिलाई हाम्रो पोखराको सहयोग

मंसिर ०६ पोखरा

हाम्रो पोखरा कास्कीले गर्यो कालिका मा बि भरतपोखरीलाइ सहयोग `सामाजिक युवाहरुको एकता समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता ´भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो पोखरा कास्किको सस्थापक अनिल जङ्ग पौडेलको जन्मदिनको अवसर पारेर भरतपोखरि आपुभञ्ज्याङ् मा रहेको कालिका मा बि लाई युरो गार्ड तथा खेलकुद सामाग्री सहयोग गरेको छ। हाम्रो पोखरा कास्कीका अध्यक्ष सुबास आचार्यको नेतृत्वमा गएको टोलिले एक थान युरो गार्ड दुई थान फुटबल,भलिबल ,दुई थान ब्याडमिन्टन र स्किपिङ उक्त बिधालयका प्रध्यानाध्यापक प्रेम प्रसाद पोखरेललाइ हस्तान्तरण गरिएको थियो।उक्त कार्यक्रममा बोल्दै युरिका होस्टेलका संचालक शिबराज सुबेदिले युवा उमेरका भाइबहिनी हरुले पनि यति उत्कृष्ट कार्य गरेकोमा हाम्रो पोखरा कास्कीलीइ धन्यबाद ब्यक्त गर्नुभयो।त्यसका साथै सरकारले गर्नुपर्ने काम हामिले गर्नुपर्दा सरकार प्रती दुख प्रकट गर्दै सरकारको ध्यान पुगोस नपुगोस तर हाम्रो पोखरा कास्की को ध्यान अवस्य पुग्नेछ भन्दै हाम्रो पोखराका अध्यक्ष सुबास आचार्यले प्रतिबद्धता जाहेर गर्नुभयो।उक्त कार्यक्रममा कालिका माबिका प्रधानाध्यापक प्रेम पोखरेलले उक्त सहयोग कार्यक्रम पर्ती आफू ज्यादै खुसी रहेको र आगामी दिनमा पनि उक्त स्थानबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो। हाम्रो पोखरा कास्किले पोखरा लगाएतला क्षेत्रमा बिगत दुई बर्ष एताबाट सामाजिक कार्यहरु गर्दै आइरहेको छ।हाल सालै उक्त सस्थाले रामकृष्ण टोलमा रहेको बौद्धिक अपाङ्गता महासंघमा अध्यनरत विद्यार्थीहरुलाइ जाडोमा लगाउने न्यानो कपडा तथा शैक्षिक लगाएतका खेलकुद सामाग्री बितरण गरेको थियो।