बिशाल महादेव मुर्ति निर्माणको कार्य २५ प्रतिशत सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका वडा न २२ मा निर्माणाधिन विशाल महादेव मुर्तिको निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । पुम्दीकोटलाई एक आकर्षक पर्यटकिय गन्तब्यको रुपमा स्थापित गर्न हाल उतm स्थानामा बिशाल महादेव मुर्ति निर्माण कार्य धमाधम चलिरहेको छ ।

हाल सम्म २५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ भने निर्माण कार्य द«त गतिमा अगाडि बढिरहेको बिशाल महादेव मुर्ति निर्माण समितिका अध्यक्ष एवम समाजसेवी चन्द«कान्त बरालले जानकारी दिएका छन् ।

बरालका अन्ुसार ४० करोडको सो योजनामा अहिलेसम्म करिव १० करोड रुपैँया खर्च भैसकेको छ । एट्याच बाथरुम सहितका १८ वटा सटर निर्माण गरिएको छ भने सो कार्यका लागि ५ करोड रुपैँया खर्र्चिएको छ । त्यस्तै गरि ५ करोडको लागतमा बिशाल महादेव मुर्ति राख्ने पद्याशनको फाउन्डेशन सहितका भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले जानकारि दिएका छन् ।

बिशाल महादेव मुर्ति निर्माणका लागि केहि बर्ष अगाडि सञ्चालन गरिएको महायज्ञबाट संकलन भएको रकम मध्ये ६ करोड रुपैँया उतm आयोजनामा खर्च गरिएको अध्यक्ष बरालले जानकारी दिएका छन् । समंग्र पोखराको गौरवको रुपमा रहेको यस आयोजनामा सवैको साथ र सहयोगले नै उतm आयोजनाले मुर्त रुप लिने बराले विस्वास समेत ब्यतm गरेका छन् ।