कांग्रेसका ३३ युवा नेकपामा, अबको जीवन देशसेवामा ः विद्या

पोखरा ।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् ।

कांग्रेस नेताहरु प्रकाश श्रेष्ठ, कृष्ण भुसाल, जीतबहादुर थापा, उमेश बराल लगायतलाई नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम र नेकपा उम्मेदवार भट्टराईले पार्टीमा स्वागत गरे । मंगलबार नेपाली कांग्रेस पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति नगेन्द्र शर्मा भण्डारीसहित ४० जना नेकपा प्रवेश गरेका थिए ।

उम्मेद्वार भट्टराईले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथि बन्ने प्रतिज्ञा गरेकी छन् । उनले त्यसै क्षेत्रका सांसदसमेत रहेका पति रवीन्द्र अधिकारीको गाउँमा भएको कोणसभामा विकास र समृद्धिको बाँकी सपना आफूले पूरा गर्ने बताइन् । उनले भनिन्, ‘देशको विकास र समद्धिको महाअभियान शुरु भएको छ, । मेरो जीवन अब जनताकै सेवामा समर्पित गर्छु ।’

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको बताए । उनले रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने प्रतिबद्धता गरे । पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले रवीन्द्रको योजना अनुसारै वडाले विकासका काम गरिरहेको बताए । कार्यक्रममा नेकपा पोखरा ३३ का चुनावी कमान्डर भीम कार्की, प्रदेशसभा सदस्य दीपक कोइराला, नेकपा नेता धनराज आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन लगायतले नेकपाको नेतृत्वमा समृद्धिको यात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिए ।

सुन्दर भविष्यका लागि नेकपा ः राजकाजी
पोखरा १६ का चुनावी कमान्डर राजकाजी गुरुङलेसरकारले देशको विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताएका छन् । उनले देश र जनताले आफ्नो सुन्दर, समृद्ध भविष्यका लागि नेकपलाई विजयी गराउने बताए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, निर्वाचन परिचालन कमिटी संयोजक निर्मल आचार्य लगायतको टोलीले बुधबार पोखरा १६ का बाटुलेचौर, लामाचौर, अर्मला, जोगीमणी लगायतका विभिन्न क्षेत्रका घरदैलो गरेको छ ।

पोखरा ११ र २१ मा घरदैलो
नेकपाका नेता कार्यकर्ता पोखरा ११ मा बिहान सबेरैदेखि साँझसम्म चुनावी प्रचारप्रसारमा व्यस्त छन् । वडाका चुनावी कमान्डर चूडामणि जंगलीको नेतृत्वमा नेकपा टोलीले मात मागिरहेको छ । वडाको पर्यटकीयस्थल काहुँडाँडामा ९ तले आधुनिक धरहरा निर्माणका लागि डिपीआर तयार भइसकेकाले त्यसलाई पूर्ण गराउन पनि नेकपालाई जिताउन जंगलीले आग्रह गरे । उनले सडक, खानेपानी लगायतका जनताका समस्यास्थानीय, संघ र प्रदेश सरकारले समाधान गर्ने भएकाले नेकपाको विकल्प नभएको दाबी गरे ।

वडा कमिटीले मंसिर ५ गते जनसंगठन तथा ६ गते महिला ¥याली र ७ गते युवाको मार्चमास आयोजना गर्ने प्रचारप्रसार संयोजक नारायणप्रसाद अधिकारीले जानकारी दिए । पोखरा २१ मा वडा परिचालन कमिटीले घरदैलो गरिरहेको छ । वडाका चुनावी कमान्डर दीपक पौडेलले बुधबार र्निमलपोखरीका लेवाड, मैदान, गिरीगाउँ, जनचेतना स्कुल क्षेत्र, लाम्पाटा, शिवालय, फोक्सिङका मतदातामाझ गएर भोट मागिएको बताए । कमिटीले कृस्तिका छापस्वारा, रानी, वयली, च्यारथुम लगायतका ठाउँमा पनि घरदैलो गरेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले बताए ।

पोखरा २० मा ज्येष्ठ नागरिक कमिटी
नेकपा पोखरा २० ले ज्येष्ठ नागरिकको भेला गरेको छ । भेलाले कृष्णबहादुर केसीको संयोजकत्वमा ४५ सदस्यीय ज्येष्ठ नागरिक चुनाव परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा पोखरा २० अध्यक्ष भीमप्रसाद बास्तोला, सूर्यविलास पौडेल, गोबिन्दप्रसाद पौडेल, ताराप्रसाद पौडेल, रविकिनारा लामिछाने लगायतले शोकलाई पनि शक्तिमा बदलेर नेकपाले कास्की २ को समृद्धिको नेतृत्व गर्ने बताए ।

पोखरा ४ र १५ मा युवा भेला
नेकपाको चुनावी अभियान अन्र्तगत पोखरा १५ मा टोल स्तरीय घरदैलो अभियान जारी छ । बुधबार भएको भेलाले नारायण भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन कमिटी बनाएको छ । भेलाले घरदैलो तथा नेकपाको पोखरामा हुने आमसभालाई व्वस्थापन गर्न सहयोग गर्ने निर्णय गरेको नेकपा १५ अध्यक्ष भक्तबहादुर खत्रीले बताए । पोखरा ४ मा पनि युवा परिचालन कमिटी गठन भएको छ । नेकपाले अनीलबहादुर कोइरालाको संयोजकत्वमा १ सय ५१ सदस्यीय कमिटी बनाएको छ । पोखरा ४ का चुनावी कमान्डर दामोदर वैरागीले युवा र देशको वर्तमान र भविष्य सुन्दर बनाउन देशमा नेकपाको नेतृत्व र चुनावमा नेकपाकै विजय जरुरी हुने बताए ।

लमजुंगेले बनाए सहयोग समिति
चुनावमा नेकपा उम्मेदवारलाई सघाउन लमजुङ कास्की निर्वाचन सहयोग समिति पोखरामा गठन भएको छ । लमजुङबाट पोखरा आई बसेकाहरुको मंगलबार भएको भेलाले दीपकराज घिमिरे संयोजक र हरेराम धिताल सचिव रहेको २७ सदस्यीय समिति बनाएको हो । भेलामा नेकपा गण्डकी प्रदेश मुख्य सचेतक मायानाथ अधिकारी र जिल्ला अध्यक्ष मधुमाया अधिकारीले नेकपाको लोकप्रियताका कारण देशभरि नै उपचुनावमा आशातीत प्रगति हासिल हुने बताए ।