मलेसियाको इपो शहरमा अन्तर्रा्ष्ट्रिय फेशन शो ( फोटो फिचर )

पोखरा ।

मलेसियाको ईपो शहरमा हालैमात्र अन्तर्रा्ष्ट्रिय फेशन शो सम्पन्न भएको छ । मलेसिया लगायत, नेपाल, चीन, भारत, सिंगापुर र इण्डोनेसियाका करिब ४६ जना मोडलहरु उक्त फेशन शोमा सहभागी थिए ।

नेपालबाट ५ जना पुरुष र २ जना महिला मोडलहरु उक्त फेशन शोको रयाम्पमा उत्रिएका थिए ।

नेपालको तर्फबाट मोडलहरु प्रकास अधिकारी, सागरबाबु गिरी, अनिल अधिकाारी पोषण शर्मा शेर्पा लामा ज्योती थापा र हेमा हमाल सहभागी भएको सागरबाबु गिरीले जानकारी दिए ।

उक्त फेशन शोमा नेपालको तर्फबाट डिजानर जय थापा र ज्वाला शर्माको सहभागिता थियो ।

मलेसियाको इपो शहरस्थित विभिन्न स्थानहरुमा फेशन शोको आयोजना गरिएको हो ।

प्रत्येक स्थानमा भएको फेशन शोलाई करिब ५ सय दर्शकहरुले अवलोकन गरेका थिए ।

फेशन शोमा कोरियोग्राफर खालिफ मुस्तफाले कोरियोग्राफी गरेका हुन् ।