कांग्रेस निर्वाचन कमान्डार नै नेकपामा

पोखरा ।

अहिले नेकपा कास्की पोखरा महानगरका ११ वडामा केन्द्रीत छ । मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले घरदैलो, भेला, कोणसभा गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसका निर्वाचन परिचालकसहित ४९ जना नेकपा प्रवेश गरेका छन् ।

कांग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा लिएका जानकी बुथका बुथ समिति सभापति तथा पोखरा १७ निर्वाचन परिचालन समिति सहसंयोजक नगेन्द्र शर्मा भण्डारीले कांग्रेस त्यागेका हुन् । भण्डारीले नेता रवीन्द्र अधिकारीबाट प्रभावित भएको उल्लेख गर्दै रवीन्द्रले देखेका सपना पूरा गर्न नेकपा प्रवेश गरेको प्रतिक्रिया दिए । उनले नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन सक्रिय हुने प्रतिवद्धतासमेत गरे ।समाजसेवी षडानन्द शर्मा, तरुण दलका नेता विष्णु पोखरेल लगायत पनि नेकपा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका पुराना नेता पुष्पराज तिमिल्सिना पनि नेकपा प्रवेश गरेका छन् । उनलाईनेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारी अधिकारी र कास्की इन्चार्ज राजकाजी गुरुङलेस्वागत गरे । प्रजातान्त्रिक आन्दोलनमा पटक पटक जेल परेका तिमिल्सिना २ कार्यकाल कांग्रेस वडा सभापति थिए । उनले कांग्रेसमा अवसरवादी मात्रै अटाएको दाबी गर्दै समाजवादको यात्रामा लाग्न नेकपा रोजेको बताए ।

पोखरा १६ मा भएको कार्यक्रममा सहइन्चार्ज अधिकारीले बस्ती बस्तीमा गएर जनताका आवाज सुन्न नेता, कार्यकर्तालाई निर्देशन दिए । नेकपा कास्की इन्चार्ज गुरुङले विकास र नीति निर्माणको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने दाबी गरे । कार्यक्रममा नेकपा कस्की सदस्य दानबहादुर बानिया, वडा कमिटी अध्यक्ष जेएन तिमिल्सिना, सचिव निर्मल आचार्य लगायतले बोलेका थिए । मंगलबारै पोखरा १६ मा युवा भेला भएको छ ।

वृद्ध, असहाय र अशक्तको जिम्मा राज्यको ः विद्या
नेकपाउम्मेद्वार अधिकारीले वृद्ध, असहाय, असक्तको जिम्मा राज्यले लिने बताएकी छन् । उनले अहिले नेकपाको सरकार रहेको उल्लेख गर्दै यस प्रकारको कानुन बनाएर वृद्धहरुको संरक्षण, असहाय र अशक्तलाई सामाजिक सुरक्षाका लागि भत्ता दिने सुरुआत नेकपाले गरेको स्मरण गर्दै यसलाई अझ व्यवस्थित र व्यवहारिक बनाइने बताइन् ।

पोखरा १७ मा चुनाव घरदैलोमा उनले आफूले सबै धर्म, संस्कृतिलाई सधै सम्मान गर्ने गरेको जनाइन् । ‘धर्म र संस्कृति समाजका अभिन्न पाटा हुन्,’उनले भनिन्,‘तर यीसमयसापेक्ष रुपमा परिमार्जन गर्नु जरुरी छ ।’उनलेगुप्तेश्वर मन्दिरमा चलिरहेको अखण्ड भजनकीर्तनमा सहभागी भई भक्तजनसँग मतसमेत मागिन् । डेभिजफलको एक बैंकमा वृद्धभत्ता लिन लामबद्ध वृद्धवृद्धालाई आगामी दिनमा भत्ता बढाउने प्रतिवद्धतासमेत उनले गरिन् ।

नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए । अहिलेसम्म प्राप्त उपलब्धिलाई बचाउन पनि नेकपा उम्मेद्वारलाई जिताउनुपर्ने उनको भनाइ छ । सभामा नेकपा केन्द्रीय सदस्यद्वय तिलक महत र रामकुमारी झाक्रीले रवीन्द्रका सपना पूरा गर्न प्राज्ञिक व्यक्तित्व विद्यालाई पार्टीेले उम्मेदवार बनाएको बताए ।

भलाममा महिला भेला
पोखरा २० भलाममा चुनाव परिचालन कमिटीले मंगलबार महिला भेला गरेको छ । भेलाले लक्ष्मीदेवी सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय महिला परिचालन कमिटी गठन ग¥यो ।कार्यक्रममा नेकपा नेतृ गायत्री गुरुङले महिला सशक्तीकरण र अधिकारका लागि महिला उम्मेदवार र नेकपालाई नै जिताउन आग्रह गरिन् । भेलामा अनेमसंघ कास्की अध्यक्ष शुशीला पराजुली, नेकपा कास्की सदस्य पवित्रा गुरुङ, नेकपा २० महिला इन्चार्ज मनभुजा विक र जिल्ला कमिटी सदस्य शकुन्तला गुरुङ लगायतले बोलेका थिए । पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछानेले पोखरा २० भलाममा मंसिर ७ गते उम्मेदवारसहितको घरदैलो हुने बताए ।

पोखरा ७मा घरदैलो
नेकपा पोखरा ७ले वडालाई ३ भागमा छुट्टाएर चुनावी अभियान गरिरहेको छ । नेकपा वडा ७ का अध्यक्ष पुरुषोत्तम रेग्मीलेघारीपाटन क्षेत्रमा तेजनारायण अधिकारी, राजकुमार दुलाल, विष्णुप्रसाद बराल र ढाँड क्षेत्रमाओम गौचन, भूमि पराजुली, कमला रानाभाट नेतृत्वको टोली घरदैलोमा रहेको बताए ।मासबार क्षेत्रमा अध्यक्ष रेग्मीसहित दीनबन्धु पौडेल, शशिकला बराल, जनक पराजुली, मोतिराम बराल, टंकराज बराल लगायतले मत मागिरहेका छन् ।

पोखरा ३३ का चुनावी कमान्डर भीम कार्कीले बुधबार वडामा उम्मेदवारसहित घरदैलो हुने बताए । उनले ३ तहका सरकारले गरेका कार्य राम्रोसँग बुझेपछि जनताले नेकपालाई अघिल्लो निर्वाचनभन्दा बढी मत दिने दाबी गरे । नेकपाले पोखरा १५ फलेपाटन क्षेत्रमा घरदैलो गरेको चुनावी कमान्डर बखानसिंह तमु आभासले उल्लेख गरे ।

यता, नेकपाले पोखरा ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीमा राजकुमारी भुजेल इन्चार्ज र भक्त तामाङ संयोजकछन् ।पोखरा २१ निर्मलपोखरीका चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय र कृष्तीका गाउँका मतदातामाझ पनि नेकपाले घरदैलो गरेको छ । पोखरा २१ का चुनावी कमान्डर दीपक पौडेलले मतदाताको उत्साहपूर्ण जनसहभागितामा चुनावी अभियान जारी रहेको बताए ।