पोखरा ३३ मा नेकपा समर्थित बुद्धिजीविहरुको भेला, नेकपाको जनलहर बढ्दो

पोखरा ।

उप निर्वाचनमा अत्यधिक मतले आफ्ना उम्मेदवार विजयी गराउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को चुनाव प्रचारप्रशार कमिटिहरु बनिरहेका छन् । सोही क्रममा पोखरा ३३ वडा कमिटिमा पनि बुद्धिजीविहरुको भेलाले निर्वाचन परिचालन कमिटि गठन गरेको छ । नेकपाका केन्द्रिय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा ३३ सदस्यीय कमिटि बनाएको हो ।

कमिटिको उपाध्यक्षमा तुलसीमणी अधिकारी, सचिवमा गिरीधारी अधिकारी, सहसचिवमा राजु पौडेल र कोषाध्यक्षमा पारशमणी पौडेल रहेका छन् । कमिटिले सो वडामा नेकपाको पक्षमा जनलहर ल्याउन मतदाता सम्म पुगेर पार्टीका एजेण्डाहरुबारे जानकारी गराउने बताईएको छ ।

सोही भेलालाई सम्बोधन गर्दै नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकाशको जिम्मा आँफूलाई दिन आग्रह गरिन् । “तपाईँहरुकै कारण आज म उम्मेदवार छु, तपाईँहरु ढुक्क भोलि यहि ठाउँको विकाशका लागि दिनरात खटिनेछु” विद्याले भनिन् । आँफूले नीति तथा विकाश निर्माण समृद्धि बाहेक धेरै कुरा नसोचेको भन्दै उम्मेद्वार भट्टराईले अफ्नो पक्षमा देखिएको जनलहरुका कारण विपक्षीका केहि व्यक्तिहरु आत्तिईसकेको बताईन् । “जनताहरुले हामीलाई दिएको साथ देखेर विरोधीहरु आत्तिईसकेका छन्, छट्पटाईसकेका छन, हामीप्रति जनताको जुन आसा र भरोसा छ म त्यो अवस्य पूरा गर्छु” । उनको भनाई थियो ।

वडा नं १५ मा धमाधम प्रचारप्रसार
नेकपाको चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत वडा परिचालन कमिटिको आयोजनामा पोखरा १५ मा टोल स्तरीय प्रचारप्रसार कार्य तीब्र पारिएको छ । दिनहुँजसो हरेक टोलमा नेकपाको सूर्य चिन्हमा मतदानका लागि अपील गर्दै नेकपा प्रतिनिहिरुले घरदैलो अभियान चलाईरहेका छन् । सोही क्रममा शनीबार पट्नेरीमा घरदैलो तथा कोणसभा गरिएको छ ।
कोणसभामा बोल्दै वडा नं १५ को निर्वाचन परिचालनको कमाण्ड सम्हालीरहेका नेकपा कास्की सचिव बखान सिंह तमुले विकास र समृद्धिका लागि फेरि पनि सूर्य चिन्हमै मतदान गर्नुपर्ने समय आएको बताए । सो अवसरमा नेकपा वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्री, पोखरा महानगर वडा अध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य बलराम पौडेल, गणेश पाख्रिन लगायतले मत माग्दै आ आफनो भनाई राखे । घरदैलोका क्रममा टोलबासीले नेकपाको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उक्त टोलमा स्थानीय मुक्तिलाल गुरुङको संयोजकत्वमा ७४ सदस्यीय चुनाव प्रचारप्रसार टोली गठन गरिएको छ ।

काँग्रेस नेता सोभियत बहादुर अधिकारीसंग पनि शुभकामना लिईन् विद्याले
आफ्ना पार्टीको मात्र होईन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर मानिन्थे स्व. रवीन्द्र अधिकारी । उनकै पदचाप पछ्याउँदै उम्मेद्वार बनेकी धर्मपत्नी विद्या भट्टराईमा पनि रवीन्द्रको जस्तै स्वाभाव देखिएको छ । यसअघिका निर्वाचनमा रवीन्द्रसंगै चुनावी प्रतिष्पर्धा गरेका काँग्रेस नेता सोभियतबहादुर अधिकारीसंग विद्याले भोट मागीन् । शनीबार पोखरा ११ रानीपौवामा चुनावी प्रचारप्रसारमा खटिएकी विद्याले नेता अधिकारीसंग हात मिलाईन र शुभकामना पनि लिईन् । शुभकामना तथा आशिर्वादका लागि हात मिलाईसकेपछि मोटरसाईकलमा सवार काँग्रेस नेता अधिकारी पनि मुसुक्क हाँसे र गन्तव्यतिर लागे ।

८४ वर्षीया बृद्धा पनि चुनावी प्रचारमा


बृद्ध भत्ताको सुरुवात गरेर उनीहरुकोे मनको पार्टी बन्न सफल नेकपाले बृद्ध बृद्धाहरुको साथ पाउँदै आएको छ । शनीबार पोखरा ११ मा देखिएको एउटा दृश्यले धेरैको ध्यान आकर्षण गराएको छ । चुनावी घरदैलो गरिरहेकी विद्या भट्टराई जब भोट अपील गर्दै ८४ वर्षीया तारादेवि गौतमको घरमा पुगिन् । त्यसपछि गौतमले विद्यालाई आशिर्वाद मात्र दिईनन् केहिबेर विद्यासंगै नेकपाको झण्डा बोकेर चुनाव प्रचारप्रशारमा साथ दिने कुरा गरिन् । “म पनि भोट माग्न जान्छु नानीसितै” गौतमको यस्तो कुरा सुनीसकेपछि विद्याले भनिन् “आमा तपाई सक्नुहुन्न कि ?” तर आमाले विद्याको जीतका लागि चुनावी प्रचारमा केहिबेर विद्यालाई साथ दिईन् ।