खेलकुदले आर्थिक क्षेत्रको पनि विकास गर्छ सभापति कोइराला

पोखरा ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदले खेलक्षेत्रको मात्रै नभएर आर्थिक क्षेत्रको पनि विकास गर्ने बताउनु भएको छ । प्रमुख अतिथि कोइरालाले खेल प्रशिक्षक राजन पौडेललाई खेल सामाग्री हस्तान्त्रण गर्दे आज देखि पोखरा १४मा शुरु भएको तेश्रो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगितामा सो कुरा बताउनु भएको हो ।

पश्चिमाञ्चाल खेलकुद विकास समितिका पुर्व अध्यक्ष एवं क्रिकेट संघ नेपालको कार्यवहाक अध्यक्ष समेत रहेर कार्य गर्नुभएका कोइरालाले खेलक्षेत्रको बारेमा सरकारलाई पनि बुझाउन आबश्यक रहेको बताउनु भयो । नेपालमा सम्भावना भएको तेक्वान्डो खेल भएको भन्दै विश्वका शक्तिशाली देशलाई हराउन सक्ने भनेकै अहिलेको अबस्थामा खेल क्षेत्र भएको बताउनु भयो ।

अहिलेका खेलाडीहरुलाई पढाई संगै खेलक्षेत्रमा लाग्ने बातावरण घर परिवारको साथ र राज्यको सहयोग हुनेहो भने खेलाडीहरुले अपेक्षित नतिजा प्राप्त गर्न सफल हुने बताउनु भयो । खेलाडीलाई आफ्नो जिविको पार्जन कसरी गर्नेहो भन्ने चिन्ता नहुने हो भने नेपाली खेलाडीले धेरै राम्रो प्रर्दशन गर्न सक्ने उहाँले विश्वास रहेको छ । पोखरालाई खेलपर्यटनको हव बनाउन सकिने कोइरालाको भनाई थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडानं १४का वडाध्यक्ष प्रेम बहादुर कार्कीले वडामा जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकलाई धन्यबाद दिनु भयो । खेलक्षेत्रको लागि वडाबाट सक्दो सहयोग हुने बताउनु भयो । कार्कीले पछिल्लो समय वडानं १४मा खेलगतिविधि बढी हुन थालेकोमा खुशी ब्यक्त गर्नुभयो ।

तेक्वान्डो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेलले खेलले मान्छेलाई अनुसाशित बन्न प्रेरणा दिने बताउनु भयो । आफुहरुले शूरुमा तेक्वान्डो खेल्दा के गरेको भनेर खिसी गर्ने समाजले अहिले खेललाई प्रोत्साहन दिएको पाउदाँ खुशी लागेको बताउनु भयो । ममmेरी तथा शुक्रराज तेक्वान्डो डोजाङको आयोजनमा भएको प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगिता उदघाटन सत्रको कार्यक्रम तारामाया थापाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम कृष्ण महर्जनको अध्यक्षतामा भएको थियो ।