महासमिति सदस्य गुरुङको निधन प्रति नेकाद्धारा दुःख व्यक्त

पोखरा ।

नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३ कि महासमिति सदस्य हरिमाया गुरुङको निधन प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले शोक विज्ञप्ति जारी गर्दै महासमिति सदस्य गुरुङको असमायिक निधनले पार्टी स्तव्ध भएको जनाएका छन् ।

‘अत्यन्त सरल, इमान्दार राजनितिमा निरन्तर क्रियाशिल गुरुङको निधनले पार्टीलाई अपूरणिय क्षती भएको छ’ शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस दुःखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गर्दछौं ।’

पूर्व प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङकी धर्मपत्नी रहेकी हरिमाया राजनितिसंग विभिन्न संघ संस्थाको नेतृत्व समहाल्दै समाजिक क्षेत्रमा काम गर्दै आएकी थिईन् । माछापुच्छ«े गाउँपालिका वडा नं. ८ निवासी हरिमाया गुरुङको कात्तिक २३ गते वेलुका ६८ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय गुरुङका श्रीमान, एक छोरा र एक छोरी छन् ।