प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देललाई सम्मान

पोखरा ।

नारी परोपकार केन्द्र पोखरा – ८ सिमलचौरले नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित नवीन सिग्देललाई सम्मान गरेको छ ।

केन्द्रको १८ औ स्थापना दिवस तथा अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सिग्देललाई सम्मान गरिएको हो । केन्द्रकी अध्यक्ष शारदा गिरी र विश्व हिन्दु महासंघ कास्कीकी उपाध्यक्ष पार्वती पौडेल लगायतले उनलाई माला, दोसल्ला र अविर लगाइदिएर सम्मान गरेका हुन् ।

केही दिन अघि सम्पन्न अधिवेशनबाट सिग्देल अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअवसरमा केन्द्रले कानुनी सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा ६० जना महिला सहभागि थिए । कार्यक्रममा अधिवक्ता माधवी पाण्डेले सहजिकरण गरेकी थिईन् । कार्यक्रम उद्घाटन गर्दै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले महिलाको पक्षमा कानुन बनेकाले महिलाहरु राज्यका महत्वपूर्ण निकायमा सुरक्षित भएको बताए ।

विश्व हिन्दु महासंघ कास्कीकी उपाध्यक्ष पार्वती पौडेलले सवै मिलेर समाज रुपान्तरणमा लाग्नु पर्नेमा जोड दिईन् । त्यसअवसरमा समाजसेवी रश्मी चालिसे र हिमचुली महिला सहकारी संस्थाकी अध्यक्ष उमा पराजुलीले बोलेका थिए । नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधा शर्माले स्वागत र सचिव पार्वती गिरीले संचालन गरेकी थिईन् ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment