नेपाली नयाँ बर्षमा अस्ट्रेलियामा शुभकामना साँझ हुने

चैत २३, पोखरा
नेपाली नयाँ बर्ष २०७६ को अवसरमा अस्ट्रेलियामा शुभकामना साँझ हुने भएको छ ।
कास्की समाज अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको व्रिसवेनमा शुभकामना साँझ हुन लागेको हो । स्थानिय समय अनुसार २१ गते आइतबार साँझ ५ बजे देखि रसियन सामुदायिक हल उलनगावामा कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदानका साथै नेपालीहरु माझ परिचय सँग सँगै भाइ चाराको सम्बन्ध कायमका निमित्त कार्यक्रमको आयोजना गरिएको कास्की समाज अस्ट्रेलियाका अध्यक्ष टीकाराम भुर्तेलले जानकारी दिए ।

शुभकामना साँझको लागि बरिष्ठ लोक दोहोरी गायक वद्री पंगेनी, चर्चित गायक कर्ण दास, नायिका बेनिशा हमाल र गायक मार्कस दास अस्ट्रेलिया आउने भएका छन् । उनीहरुले उक्त कार्यक्रममा विभिन्न साँगितिक तथा साँस्कृतिक प्रस्तुती राख्ने आयोजकले जनाएको छ ।

संस्थाले कार्यक्रम सफल पार्नको निमित्त विभिन्न उपसमितिहरु गठन गरिएको कास्की समाज अस्ट्रेलियाका सचिव विमल न्यौपानेले जानकारी दिए ।