बागलुङमा रुखले च्यापेर एक जनाको मृत्यु

चैत २३,बागलुङ
जिल्लाको निसीखोला–६ मा घरछेउको रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय हिमबहादुर घर्तीको रुखले च्यापेर मृत्यु भएको स्थानीय हेम सापकोटाले जानकारी दिए।

बिहीबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्ट मार्फत पोखरास्थित गण्डकी अस्पतालमा लगिएको थियो। उनको अस्पतालमा उपचार गर्ने क्रममा शुक्रबार मृत्यु भएको सापकोटाको भनाइ छ। मृतक घर्तीलाई एम्बुलेन्समार्फत शुक्रबार राति नै आफ्नै गाउँमा ल्याई शनिबार अन्तिम दाहासंस्कार गरिएको छ।

घर्तीको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर र संघीय सांसद ज्ञान कुमारी छन्त्यालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए।