दक्षिण कोरियाको जंगलमा भीषण आगलागी, एकको मृत्यु, ११ जना घाइते


चैत २३, पोखरा ।

दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा जंगलमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा गरिएको हो ।

घटनास्थल केन्द्रीय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर टाढा रहेको छ ।डढेलोका कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन् ।

डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ । हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् ।प्रकोप लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए ।उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई भएको बताइएको छ ।डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ ।उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ । (एजेन्सी)