लिटिल स्टेप माध्यमिक विद्यालय नयाँ भर्ना

चैत्र २२, पोखरा /
विगत ३७ वर्ष देखि शिक्षाको क्षेत्रमा पश्चिमाञ्चलमै आफ्नो छुट्टै पहिचान बनाई २०७४ सालको जिल्ला शिक्षा कार्यालय कास्कीको मुल्याङ्गकनमा उत्कृष्ट विद्यालयमा पर्न सफल लिटिल स्टेप माध्यमिक विद्यालय सिमलचौरमा मन्टेश्वरी देखि कक्षा ९ सम्म भर्ना खुलेको छ ।

सुविधा सम्पन्न विज्ञान र कम्प्युटर ल्याव तथा पुस्तकालय, र ईन्टरनेटको को सुविधाका साथै शान्त शैक्षिक वातावरण, भौतीक पुर्वाधार सहितको खेल मैदान र अतिरित्त क्रियाकलापको लागि दुईओटा इनडोर र आउटडोरको विशाल अडिटरीयम हल रहेको विद्यालय संचालकले जानकारी दिएका छन् ।

मन्टेश्वरी विधि द्धारा अध्यापन गराईने उक्त विद्यालयमा छात्रा बृद्धिको व्यवस्था, आफ्नै परिसरमा स्नातक, वि.वि.ए, वि.एच.एम सम्मको अन्तर्राष्ट्रिय डिग्री शिक्षाको व्यवस्था रहेको छ ।

२०७३ सालको एस.ई.ई परिक्षामा गण्डकी प्रदेशमा सबैभन्दा उच्च हुन सफल साथै विगत केही वर्ष अगाडी एस एल सी मा पश्चिमाञ्चलमा उच्च हुन सफल भएको उक्त विद्यालयमा प्लस टु, मा म्यानेजमेन्ट र विज्ञानमा पनि जिल्लामै उत्कृष्ट हुन सफल विद्यालयमा नयाँ भर्ना खुलेको छ ।

साथै प्रवेश परिक्षा यहि चैत्र २५ गते र भर्ना कार्यक्रम चैत्र २६ देखि वैशाख २ गते सम्म हुने व्यहोरा जानकारी गराएका छन् । अन्य थप सम्पर्कको लागी फोन ः–०६१–५५०७९६, ५२५०१३ मा सम्पर्क गर्न सकिनेछ ।