उपनिर्वाचनमा १३ हजार मत अन्तरले जित्ने नेकपाको दाबी

पोखरा ।

मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा कास्कीले विद्या भट्टराईलाई विजय गराउन पार्टिको सम्पुर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

नेपाल कमन्युष्टि पार्टी नेकपा कास्कीले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि १३ हजारको मतको अन्तरले उपनिर्वाचन आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् । नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा विद्या भट्टराईले ठुलो अन्तरमा जित्ने दाबी गरे ।

कार्तिक २१ गते उपनिर्वाचन समिति कार्यालयको उद्घाटन गर्दै निर्वाचन आयोग उम्मेदवारी दर्ता गर्ने जाने, २३ गते जिल्ला स्तरिय बृहत कार्यकर्ता प्रशिक्षण, २४ गते ११ वटै निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने लगायतका प्रचार प्रसारका कार्यक्रमहरु तय गरेको जिल्ला अध्यक्ष थापाले जानकारी दिए ।

राजकाजी गुरुङ्को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको उनले जानकारी दिए ।