हाम्रो पोखरा कास्कीद्वारा देउसी भैलो आयोजना गर्दै


पोखरा ०८ कार्तिक
हाम्रो पोखरा कास्किले तिहारको उपलक्ष्यमा बिगतको बर्ष जस्तै यस बर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त देउसी भैलो कार्यक्रमवाट संकलित रकम पोखराको रामकृष्ण टोलमा रहेको बौद्धिक अपाङ्गता महासंघलाई सहयोग स्वरुप प्रदान गरिने संस्थाका अध्यक्ष सुवास चन्द्र आचार्यले बताएका छन् । उक्त रकम संघमा रहेका बौद्धिक अपाङ्गता भएका विद्यार्थीको पठनपाठन लगायतका आवश्यक सामाग्रीमा खर्च गरिने संस्थाका सचिव सफल किरण पौडेले बताए ।

साथै संस्थाले उक्त समाजिक कार्यमा आवद्ध भई हातेमालो गरी अगाडि बढ्न बिभिन्न संस्था तथा व्यक्तिहरुलाई समेत आव्हान गरेको छ । गतबर्ष पनि यस संस्थाले देउसी भैलो कार्यक्रमवाट संकलित रकम श्रीकृष्ण प्रणामी आश्रमलाई सहयोग गरेको थियो ।