फेवा चिकेन पोईन्टमा अफर नै अफर, ग्राहकको चाप बढ्दो

चैत्र २१, पोखरा
बिगत १८ वर्षदेखि ग्राहक वर्गमा गुणस्तरीय कुखुराको मासुजन्य परिकार विक्रि गर्दै आएको फेवा मिट प्रोडक्ट् प्रालिले पोखरा–१७, विरौटामा अत्याधुनिक पोल्ट्री बधशाला तथा फेवा चिकेन पोईन्ट सञ्चालनमा ल्याएको हो ।

६ करोड भन्दा बढिको लागतमा सञ्चालनमा आएको पोल्ट्री बधशालाको गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले माघ ८ गते उद्घाटन गरेका थिए ।

ग्राहक वर्गको आवश्यकतालाई मध्यजनर गर्दै व्यवस्थित मासु एवं मासुजन्य परिकार उपलब्ध गराउने संचालक सुर्यप्रसाद बरालले जानकारी दिए । अत्याधुनिक मेसिनको प्रयोग गरी मासुको गुणस्तर निर्धारण गरिने उनले बताए ।

गण्डकी प्रदेशमा खपत हुने करिब ६ प्रतिशत अर्थात दैनिक २ हजार ५ सय केजी कुखुरा विक्रि गर्दै आएको प्रा।लि।ले आफ्नो उद्योगमा उत्पादन भएको कुखुराको गुणस्तरिय रुपमा काट्न सक्ने (स्लटीङ) तथा चिकनका विभिन्न परिकार उपलब्ध गराएको निर्देशक बरालले बताए ।

ईटलीबाट भित्राइएको अत्याधुनिक मेसिनले दैनिक करिब ४ हजार कुुखुरा स्लटीङ गर्न सकिने उनले बताए । अन्तराष्ट्रिय बजारमा लैजान सक्ने गरी गुणस्तरियमा कुनै कन्जुसाई नगरेको उनको भनाई थियो । उक्त उद्योगमा हाल ५५ जनाले रोजगार पाएकाछन् ।

पोखरा क्षेत्रमा स्तरिय खाजा, रेष्टुरेण्ट कम मात्रमा भएकोले बजारको माग अनुसार आफुहरुले चिकेन प्वाईन्टबाट खाजका विभिन्न परिकार बजारमा ल्याएको उनले जनाए । उनका अनुसार चिकेन रोल, चिकेन फ्राई, चिकेन ग्रिल फ्राई, चिकेन विर्यानी, चिकेन वन, चिकेन सोर्मा, लगायतका खाजाका आईटहरु उपलब्ध छ ।

प्रति चिकेन वनको मुल्य ३० र चिकेन रोलको मुल्य एक सय रुपैया रहेको छ । ५ सयमा एक केजी चिकेन ममः उपलब्ध गराएको संचालक बरालले बताए । उनका अनुसार चिकेन तन्दुरी र चिकेन फ्राईको प्रति किलो १ हजार रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।

फेवा मिट अन्र्तगत चिकेन पोईण्ट मार्फत विभिन्न खाजाको परिकार घर तथा पसल एवं कार्यालयमा प्याकिङ गरी लैजाने लक्षित गरेर बजारमा ल्याएको हो । पोखरामा होम डेलिभरी गरी करिब एक घण्टा भित्र खाजाको आइटम घर घरमा पुराउने लक्ष्यका साथ आफुहरुले तयारी गरेको बरालले जनाए ।