डहरे साँघु पुलको काम तत्तकाल शुरु गर्न सभापति कोइरालाको निर्देशन

पोखरा ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले पोखरा २६ र १४ जोडने विजयुरखोला साँघु पुलको काम तत्तकाल शुरु गर्न निर्देशन दिनु भएको छ । असारदेखि पुलको काम रोकीएको गुनासो आएपछि आफ्नो निर्वाचन क्षेत्रमा समेत पर्ने सो पुलको आइतबार निरीक्षण गर्दे सभापति कोइरालाले निर्माणको ठेक्का पाएको निर्माण कम्पनी स्मार्ट सिभिल कन्ट्रक्सन जेभिका प्रतिनिधिलाई सो निर्देशन दिनु भएको हो ।

गण्डकी प्रदेश सरकार भौतीक पुर्वाधार मन्त्रालयको १ करोड २८ लाख २९ हजारको लागतमा निर्माण हुने सो पुल २०७७ बैशाख २४ गते सम्म सम्पन्न भई सक्नुपर्ने सम्झौता रहेको भौतीक पुर्वाधार मन्त्रालयका इन्जिनियर नविनचन्द्र अधिकारीले बताउनु भयो ।

पुल निर्माणको जिम्मा पाएको स्मार्ट सिभिल कन्ट्रक्सनका दीपेन गिरीले आफुले असारबाट रोकीएको काम यहि कार्तिक १६ गतेबाट शुरु गर्ने प्रतिबद्धत्ता जनाउनु भएको छ ।

सभापति कोइरालाले भने झै आफुले गुणस्तर सहित निर्धा्रित समयमै पुल निर्माण सम्पन गर्ने जनाएका हुन । उनले बैशाख सम्म सम्झौता भएपनि आफुले पौष मसान्त सम्म सम्पन्न गर्ने बताउनु भएको छ ।

पोखरा महानगरपालिका वडानं २६का वडाध्यक्ष नारायण बराल र वडानं १४का वडाध्यक्ष प्रेम बहादुर कार्कीले असारदेखि पुल निर्माण नहुदा स्थानीयहरु निरास भएको भन्दै निर्माण कम्पनीले सम्झौता अबधीमा काम पुरा सम्पन्न नगरे सरकाले कारबाही गर्नुपर्ने बताउनु भयो ।