चेम्बर टोली कोरीया भ्रमणमा

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्की र गण्डकी प्रदेश चेम्बर अफ कमर्सको टोली शनिबार दक्षिण कोरीयाको भ्रमणको लागि प्रस्थान गरेको छ । मेस्सेके टीआइए होल्डिङ कोरीयाको निमन्त्रणामा कन्फ्रेरेन्स अन स्मार्ट टेक्नोलोजी फर सस्टेनेवल डिभलपमेन्ट एण्ड प्रोसियोरमेन्ट २०१९मा भाग लिन चेम्बरको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव राजु श्रेष्ठ, कास्कीका कार्य समितिका सदस्यहरु विनोद भुजेल, राजु भुवाई, अन्तराष्ट्र्रिय विभाग प्रमुख रवीबहादुर विक, सदस्यहरु भोलानाथ ओझा, हरिप्रसाद अधिकारी, गणेश सापकोटा, विकासप्रसाद कंडेल लगायत रहेको छ ।

भ्रमण टोलीलाई पोखरा चेम्बर अफ कमर्स कास्कीका कार्यवहाक अध्यक्ष यमनाथ सापकोटा, महासचिव उमराज बास्तोला, कोषाध्यक्ष कमल बस्नेतले विदाई गरेका छन । राष्ट्र संघीय एजेन्सी युएनओपीएसको समन्वय र कोरीया सरकारको सहयोगमा हुने सेमिनार अक्टोबर २१ देखि २३ गतेसम्म कोरीयाको गाईओन्गी स्थित सुओन कन्भेन्स सेन्टर हुने छ । सेमिनारमा सूचना प्रविधिको प्रयोग, शिक्षा स्वास्थ्य कृषि उद्यमशिलताको बारेमा छलफल हुने छ ।