कास्की क्षेत्र नं ३(१)मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबारे छलफल

पोखरा ।

कास्कीको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका बारेमा छलफल गरिएको छ । प्रत्यक्ष निर्वा्चित सांसद रामजीप्रसाद बरालले सोही निर्वाचन क्षेत्रबाट नेकपा कास्कीको जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुसँग कार्यक्रम कार्य्विधि अनुसार योजना छनोटका आधारहरुका बारेमा छलफल तथा परामर्श गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले चालू वर्षबाट प्रदेश सांसदले प्रत्यक्ष रुपमा योजना छनोट गर्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नीति कार्यक्रम तथा बजेटमा समावेश गरी प्रत्येक क्षेत्रमा दुई करोड बजेट विनियोजन गरेको थियो । कार्यक्रममा सोही निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वा्चित सांसद पुष्पा केसी भण्डारी पनि सहभागि थिइन् ।

छलफलमा सहभागिहरुले गाउँपालिकाका ९ र महानगरका ६ वडा रहेको निर्वाचन क्षेत्रमा समानुपातिक हिसावले बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । उनीहरुले संघ, प्रदेश तथा स्थानीय तहको सरकारले सम्वोधन गर्न नसकेका तथा जनताले प्रत्यक्ष लाभ लिने खालका योजनाहरुमा बजेट विनियोजन गर्न माग गरे । कार्यक्रमका संयोजक समेत रहेका प्रदेश सांसद बरालले जनप्रतिनिधि पार्टीको सिफारिसमा जनताबाट निर्वा्चित भएकाले पार्टीले आवश्यक देखेको ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,‘ हामी जनप्रतिनिधि पार्टीले पठाएको हो । पार्टीको योजना अनुसारनै काम गर्नुपर्ने भएकाले जनताले अधिकतम लाभ लिने र समग्र पार्टी नेता, कार्यकर्ता तथा जनताले अपनत्व लिने गरी कार्यक्रम कार्यान्वयन गरिन्छ।’ प्रदेश सांसद भण्डारीले पूरा हुन नसकेका आमा समूहका भवन लगायत ससाना योजनाहरुलाई सम्पन्न गर्न सहयोग गर्नेको लागि वितरणमुखी हिसावले कार्यक्रम आएकाले सोही अनुसार गर्नुपर्ने बताइन् ।

नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेलले छलफलबाट कार्यक्रम कार्यान्वयन र योजना छनोटका लागि पाँच सदस्सीय समिति गठन गरिएको बताए । समितिमा भीमबहादुर विक, शोभामोहन पौडेल, राजु तिमिल्सिना, इमानराज पौडेल, विष्णु केसी, बैकुण्ठ भण्डारी र प्रविणा अधिकारी छन्। पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि यही कात्तिक मसान्तभित्रमा योजना छनोट गरिसक्नुपर्ने कार्य्विधिमा उल्लेख छ ।