पोखरामा दुर्घटना हुदाँ २ को मृत्यु

पोखरा ।

पोखरामा शनिवार दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो । पोखरा २६ सुन्दरी बजारमा विजयपुर तर्फ आउदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जिपले विपरित दिशा तर्फ जाँदै गरेको ग १५ प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवाररत दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ बजे भएको दुर्घटनामा घाइते भएका पोखरा (३० शिशुवाका स्कुटर चालक २५ बर्षीय हिमाल गुरूङ र पछाडी सवार २३ बर्षीय रक्ष गुरुङलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) मा लगिएकोमा अस्पतालले दुवै जनालाई ५ ः४० मा मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले जिप र जिप चालक भरतपोखरीका ३य बर्षीय दिपक नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।