देविस्थान सेवा समाजको प्रथम साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम

पोखरा ।

देविस्थान सेवा समाजको प्रथम साधारण सभा तथा विजयादशमी , शुभ दिपावली, छठ पर्व एवं नेपाल सम्वत्को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले बाटो निर्माणमा युवा लागेकोमा धन्यवाद व्यक्त गर्दै हिले महोत्सवलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा विष्णुपादुका माईस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चुडामणी तिमिल्सिना, समाजसेवी झपट बहादुर भण्डारी, सल्लाहाकार विर बहादुर भण्डारी, कमलमणी त्रिपाठी, श्याम बहादुर खड्का , संस्थापक अध्यक्ष विष्णु प्रसाद तिमिल्सिना र देवीस्थान आमा समुहका अध्यक्ष बुद्धदेवी कुवँर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष हरि प्रसाद तिमिल्सिनाले कोषाध्यक्षको प्रतिवेदन, सचिव ई. अमृत कुवँरले सचिवको प्रतिवेदन र अध्यक्ष खिमलाल तिमिल्सिना (अर्जुन) ले अध्यक्षको प्रतिवेदन पेश गरी सभाले पारित ग¥यो । साथै कार्यक्रममा हिले महोत्सवमा ७ लाख ६ हजार आम्दानी भएकोमा ३ लाख २६ हजार खर्च भई बचेको ३ लाख ८० हजार रकम सामाजिक कार्यमा खर्च गर्ने कोषाध्यक्ष हरि प्रसाद तिमिल्सिनाले बताए ।

देवीस्थान सेवा समाजका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णमान श्रेष्ठले र सञ्चालन सचिव ई. अमृत कुवँरले गरेका थिए ।