राष्ट्रिय जागरण प्रतिष्ठानको पाचाँै साधारण सभा

पोखरा ।

मान्छे बोक्सी हुन्न कहिल्य,ै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको पाँचौ साधारण सभा तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका नेता सोमनाथ अधिकारी प्यासीले शुभकामना ब्यक्त गर्दै गरिब तथा एकल महिलालाई अहिले पनि बोक्सीको आरोप लागाउन नछोडेको बताए । बिशेष अतिथि गण्डकी प्रदेशका सांसद रामजी बराल जिवनले राज्यको अभियानलाई ब्यक्तिले सुरु गरेकोमा सम्मान ब्यक्त गरे ।

कार्यक्रममा संरक्षक भुबनेश्वर शर्मा पौडेल, सल्लाहाकार सोभाकर भण्डारी, नेकपा जिल्ला समिति कास्कीका संयोजक भानु अधिकारी, वडा सदस्य तारा बि.क, नेकपा हेमजाका अध्यक्ष माधवशरण पौडेल, मदन भण्डारी फाउण्डेसन हेमजाका अध्यक्ष गोबिन्द बाँस्तोला, समाजसेवी दानबहादुर थापा, भीमप्रसाद श्रेष्ठ, सञ्चारकर्मी मोतिसागर अधिकारी, सामुदायिक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाका उपाध्यक्ष घनश्याम तिम्सिना, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल र सृजनशिल आमा समुहकी अध्यक्ष बबिता अधिकारी लगायतले सफल्ताको शुभकामना ब्यक्त गर्दै बोक्सी कुपर्था अन्ध बिश्वास भएको धारण ब्यक्त गरेका थिए ।

महासचिब श्रीभद्र पौडेलले महासचिबको प्रतिबेदन र वरिष्ठ उपाध्यक्ष गोबिन्द पौडेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरी सभाले पारित गरेको थियो । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोबिदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष बिष्णु बाँस्तोलाले र सञ्चालन सचिब रमा त्रिपाठीले गरिन ।