ससरसफाइ अभियानमा निरन्तर सकृय रहेका ३२ युवा सम्मानित

पोखरा ।

पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइअभियानमा निरन्तर सकृय रहेका ३२ युवालाई सम्मान गरेको छ । आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एस ई ई उत्तीर्ण विद्यार्थीहरुको विदाइ तथा रिठेपानी बृहत् सरसफाइ अभियानमा सुरुदेखि ६१औं हप्तासम्म निरन्तर सकृय युवाहरुलाई सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

हरेक वर्ष बडा दशैंको घटस्थापनाका दिन गरिदै आएको कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि शैक्षिक सत्र २०७३ मा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाईको साथमा युवाहरुलाई सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायत लाइ सम्मान गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शैक्षिक बिकासमा विद्यालयले खेलेको भूमिकाको चर्चा गर्दै एकजुट भएर यस क्षेत्रको पहिचान राख्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर कमल खड्का, विद्यालय संस्थापक देवी खड्का ,नेशनल प्याव्सान गण्डकी प्रदेश सदस्य प्रकासराज वाग्ले, सल्लाहकार लेप्टन धनबहादुर गुरुङको पूर्व प्रिन्सिपल प्रकाशपन्त ले विद्यार्थीहरुलाई आफू पुगेको ठाउँमा उत्कृष्टता देखाउन विद्यालय तथा गुरुहरुलाई नबिर्सन आग्रह गर्दै विद्यार्थीको भावी जीवनको उज्वल भविष्यको कामना गरेका थिए ।