सहकारी सुख , दुःखको सारथी हो ः सांसद कोइराला

पोखरा ।

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी सुख दुःखको सारथी भएको बताउनु भएको छ । आज चापाकोट पोखरा बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दे सांसद कोइरालाले सो कुरा बताउनु भएको हो ।

उहाँले सहकारीले थोरै थोरै पुजंी संकलन गरेर आर्थिक चलाएमान बनाएको बताउनु भयो । कोइरालाले भन्नु भयो “सहकारी बैकको प्रतिस्पर्धी होइनन ” पोखराको सहकारीमा १० अर्व पुंजीरहेको भन्दै उहाँले अहिले सवै सहकारीको ब्याजदर उस्तै उस्तै भएकोले एकरुपता आएको पनि बताउनु भयो । उहाँले सहकारीलाई आफ्नै छोरा छोरीलाई जस्तो माया गर्न सहकारी सदस्यहरुलाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपािलका वडानं १८का ओम प्रसाद सुवेदी, वडानं ६का वडाध्यक्ष जगत बहादुर पहारी र वडानं ७ का अध्यक्ष रामचन्द्र बरालले सहकारीले आर्थिक संकलन गर्ने कार्य गरे जस्तै उत्पादन मुलक क्षेत्रमा लगानी गरे उत्पादनको क्षेत्रमा गण्डकी प्रदेश आत्म निर्भर बन्ने बताउनु भयो ।

जिल्ला सहकारी संघ कास्कीका संचालक समितिका सदस्य धर्मराज बरालले सहकारी मात्रै नभएर चापाकोटमा उत्पादन भएका कृषि उपज पोखरा बजारमा आउनु पर्ने बताउनु भयो । साविक गाविसलाई समेटर निर्माण गरिएको सहकारीले गाउँ र सहर जोड्ने काम गरेको बताउनु भयो ।

मुक्तिनाथ विकास बैक प्रादेशिक कार्यालय प्रमुख बाबुराम ढकालले आर्थिक समृद्धिको लागि बैक सहकारीको सहकार्य हुनुपर्नेमा जोड दिनु भयो । बैक नपुगेको र समेट नसकेको क्षेत्रमा पनि सहकारीले राम्रो कार्य गरेको बताउनु भयो । सहकारीका सचिव युवराज पराजुलीले आफुहरुको सहकारीमा ३ करोड ४० लाख ९७ हजार पाँच सय शेयर पुँजी र गत आर्थिक बर्षमा ३ करोड १६ लाख ३८ हजार २३ रुपैया निक्षेप संकलन गरि ५ करोड ६० लाख ६१ हजार ७ सय ३९ रुपैया कर्जा प्रवाह गरेको बताउनु भयो ।

चापाकोट पोखरा बचत तथा ऋृण सहकारी सस्था अध्यक्ष शिवलाल पराजुलीले सहकारीमा अहिले ३४४ जना शेयर सदस्य रहेको बताउनु भयो । उहाँले सस्थाले बचत तथा ऋृणको मात्रै कारोबार नगरेर संस्थाले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यपनि गर्दे गएको बताउनु भयो । यसैविच आज सहकारीमा असल कारोबार तर्फ नर बहादुर गुरुङ,पूर्णाखर सुनार,संगीता पहारी र लता पहारी सम्मानित हुनु भयो भने असल बचत कर्ता तर्फ डिलमाया बराल र अग्निधर तिमिल्सना सम्मानित हुनु भयो ।