मानव धर्ममा जन्मोत्सव कार्यक्रम

पोखरा ।

पोखराको रानिपौवा,तुलसीमार्गमा रहेको नेपाल मानव धर्म सेवा समितिका प्रणेता श्री सद्गुरुदेव सतपाल जी महाराजको ६९ औँ जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समिति, गण्डकी प्रदेशले बृहत सत्संग सहित पावन जन्मोत्सव कार्यक्रम गरेको छ ।

उक्त दिनलाई लक्षित गरी बृहत रक्तदान कार्यक्रम, अष्टचिरञ्जिवी पूजा, सत्संग कार्यक्रम र प्रभात फेरी कार्यक्रम गरिएको संस्थाका गण्डकी प्रदेश प्रमुख पिताम्बरा वाइजीले जानकारी दिनुभयो । उहांले पश्चिमाञ्चल सामुदायिक अस्पतालसंगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर पनि गरिएको बताउनुभयो ।

जन्मोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले
रक्तदान गरेका छन ्। कार्यक्रममा नयां रतmदाता र युवाको उत्साहजनक सहभागिता रहेको कार्यक्रम संयोजक सुबोध मानसिंह भण्डारीले बताउनुभयो ।

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि उधोगपति गणेश बहादुर श्रेष्ठले ध्यान बिना जीवन अधूरो हूने बताउदै आध्यात्मिक १ान बारेमा बुभm्न आग्रह गर्नुभयो । उहां मानव सेवानै सबैभन्दा ठूलो धर्म रहेको बताउनुभयो ।

जन्मोत्सवमा दिन गरिएको प्रभात फेरी कार्यक्रम नयाँबजार हुदै पृथ्वीचोक, सभागृह चोक, चिप्लेढुङगा, महेन्द्रपुल हुदै तुलसीमार्ग रानीपौवा पुगेर अन्त्य भएको महात्मा कृपालुनन्द जीले जानकारी दिनुभयो ।