भारतीय र नेपाली कलाकारको कला कार्यशाला तथा प्रर्दशनी

भारतीय र नेपाली कलाकारको कला कार्यशाला तथा प्रर्दशनी

पोखरा ।

सुनहरी छबिल फाउण्डेशन राजस्थान ईन्डियाको आयोजनामा इन्डिया नेपाल अन्तराष्ट्रिय कला कार्यशाला तथा प्रर्दशनी हिजो (बुधबार ) र आज (बिहीबार) पोखरास्थित बुम¥याङ्ग रेष्टुरेण्टमा चलिरहेको छ ।

उक्त कला कार्यशाला तथा प्रदर्शनीमा कार्यक्रममा २० भारतीय र १० नेपाली कलाकार सहभागी छन् । भारतको दिल्ली, पञ्जाब, राजस्थान, चन्डिगढ, पटनालगायत ठाउँका कलाकार सहभागी रहेका छन् ।

नेपालका तर्फबाट स्थानीय संयोजक तथा पोखरेली कलाकार हेमकान्ती गुरुङले २ देशको कलाकारले संयुक्त रुपमा कला प्रदर्शनी गर्दा आफूहरुले पनि सिक्ने धेरै मौका पाएको उँहाले कला आआफ्नो हो तर त्यसलाई एकआपसमा सेयर गर्दा अझै निखारिने मौका पाउँने बताउनुभयो ।

फाउन्डेसनका संरक्षक अशोक अग्रवालले यो संस्थाको तर्फबाट चौथो कार्यक्रम जनाउनुभयो । यसअघि संस्थाले भारतको सिमला, राजस्थान, दिल्लीलगायत ठाउँमा कार्यक्रम गरिसकेको उँहाले जानकारी दिनुभयो । संस्थाले कला र साहित्यप्रेमीको क्षमता उजागरमात्रै होइन त्यसलाई बाहिर ल्याउन खुलेको र त्यही अनुसार कार्यक्रम गर्दै आइरहेको अग्रवालले बताउनुभयो ।

संस्थाले स्थापित नभएका तर साँच्चिकै सीप भएका र आर्थिक अवस्था कमजोर भएका जो बाहिर आउन अवसर खोजिरहेका हुन्छन् उनिहरुको लागि काम गर्ने अग्रवालले जानकारी दिनुभयो ।

७ वर्षअघि खुलेको फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका र अवसर नपाएकालाई सहयोग गर्दै देश विदेश डुलाइरहेको अग्रवालको भनाइ छ । प्रदर्शनीमा बिक्री भएका चित्रबाट ७० प्रतिशत कलाकारलाई नै पारिश्रमिक र ३० प्रतिशत संस्थामा राखेर फेरि अरु कलाकारका लागि खर्च गर्ने जानकारी अग्रवालले जानकारी दिनुभयो ।

पोखराको कला कार्यशालामा बनेका चित्रकला बैंककमा प्रर्दशनी हुने जानकारी फाउन्डेसनका संरक्षक अशोकले दिनुभयो ।