पोखरा घुम्न आएकी युवती पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पोखरा

पोखरा महानगरपालिका २२ फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ बर्षिय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएकी २५ बर्षिय भावना बस्नेतलाई भने उद्धार गरेको छ । प्रहरीले घाईते अवस्थामा उद्दार गरी बस्नेतलाई पोखराका विरौटामा रहेको नमस्ते अस्पतालमा उपचार भएको छ ।

दुई जना पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।