लायन्सद्धारा बिधालयमा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्व मा बी मा शुद्व खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गÞरिएकों टंकी २ लाख १२ हजÞार लागतमा निर्माण सम्पन्न भएको छ । मंगलवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुर्वबहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गर्नु भएको छ ।

खानेपानी टंकी हस्तान्तरण गर्दै प्रमुख अतिथि थापाले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उदÞ्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा पु–याएको सहयोग निकै सह्रानिय रहेको बताउनुभयो । खानेपानी प्रोजेक्ट ल्याउन सफल लायन्स लिडर सोनाम स्याङपो समग्र लायन्सहरुले गौरव गर्नुपर्ने ब्यक्ति रहेको बताउनुभयों ।

पोखरा महानगरपालिका वड़ा नं १५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक बिधालयले सोचे किसिमको प्रतिफल दिन नसकेको यथार्थता प्रस्तुत गर्दै बिधालयका र बिधार्थीका समस्यालाई लायन्ससँग जोड़ीएर धेरै समस्या हल भएको जोड़ दिदै छात्रबृति देखि शैक्षिक सामग्री वितरणले लक्षित वर्गका बिधार्थीहरुको न्युनतम आवश्यकता पूर्ति गरेको बताउनु भयों ।

त्यस्तै वड़ा नं ३ का वड़ाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविंसन प्रजुले सामाजिक र मानविय सेवाका कार्यमा लायन्स अग्रस्थानमा रहेको बताउनु भयों ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित शिद्व मा.बि.को खानेपानी टंकी २२ औ रहेको १ वटा बिद्यालयमा उद्घाटनको तयारीमा रहेको जानकारी दिदै अन्य सरकारी स्कूललाई आवश्यकता छ भने उपलब्ध गराउन सकिने समेत जानकारी दिनुभयो ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी र शिद्व मा.बि.का प्रधानाध्यापक गुरुदत्त कोईरालाले खानेपानी टंकी निर्माणको स्वागत गर्दै लायन्स क्लब र बिदेशी बिद्यार्थीहरुले यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन आर्थिक सहयोग र लायन्स क्लबले संयोजन गरेकोमा खÞुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गÞरिएको थियो ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा विनीता शर्मा, तृतीय उपाध्यक्ष सीता तिमिल्सिना लगायतले आ(आफÞनो भनाई राखेका थिए । सो कार्यक्रममा जोन चेयरपर्सनद्वय बुद्वबहादुर उदास, साल्वी बास्तोला, दुवै क्लबका पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो ।