विश्व पर्यटन दिवसमा मिनि सडक महोत्सव

पोखरा ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएन नेपाल (रेबान) पोखराले लेकसाईडमा मिनि सडक महोत्सव गर्ने भएको छ ।

आईतावार आयोजित पत्रकार सम्मेलनमा रेबानका पुर्व अध्यक्ष तथा महोत्सव संयोजक सूर्यबहादुर भुजेलले अन्तर्रा्ष्ट्रिय पर्यटन दिवसका दिन असोज १० गते महोत्सव आयोजना गरिने जानकारी दिए ।

महोत्सव लेकसाईडको बाराही चोकदेखि बसुन्धरा पार्कसम्मको क्षेत्रमा मिनि सडक महोत्सव गर्न लागिएको हो । महोत्सव एक दिनमात्रै हुनेछ । सो दिन महोत्सव क्षेत्रलाई नो भेहिकल जोन घोषणा गरिनेछ ।

दिवसको दिन हवाई रुट र सडक रुटबाट पोखरा आउने पहिलो पर्यटकलाई सम्मान गरिएपछि महोत्सव शुरु पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए ।

महोत्सवमा सडकमा विभिन्न परिकार धार्मिक तथा साँस्कृतिक प्रदर्शनी, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षणबारेका बृत्तचित्र प्रदर्शनी लाईभ व्याण्ड, पञ्चेबाजा, गन्धर्व गायन लगायतका कार्यक्रमहरु सञ्चालन हुने रेबानका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न २ लाख ५० हजार रुपैंया खर्च लाग्ने अनुमान छ ।