फेवातालमा महानगरले डोजर चलायो, के छ मापदण्ड ??

पोखरा ।

पोखराको पर्यटकीय गन्तव्य फेवाताल संरक्षणमा पोखरा महानगरपालिकाले तालबाट माटो निकाल्ने कार्यबाट अभियान सुरु भएको छ । फेवाताल संरक्षण अभियान अन्र्तगत सोमबार देखि फेवातालको बंगलादी क्षेत्रबाट माटो निकाल्ने अभियान सुरु हुने महानगरका मेयर मानबहादुर जिसीले बताएका छन् ।

अभियानको थालनी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा फेवा संरक्षण गर्ने बताए । ‘फेवाताल विश्वकै गहना हो । यसको संरक्षण गर्नु तीनवटै सरकारको दायित्व छ, उनले भने–सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्नेपर्ने हामीलाई बाध्यता छ । यसले तालको आकार पनि बढ्छ र ताल संरक्षण पनि हुन्छ ।’

फेवाताल संरक्षण र अतिक्रमणबाट रोक्न प्रदेश सरकारले एक्सन कमिटी गठन गरिसकेको भन्दै उनले कमिटीले सर्वोच्चको निर्णय अनुसार काम थाल्ने बताए । सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा सम्बन्धित क्षेत्रका सांसद र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई समेटेर ११ सदस्यीय एक्सन कमिटी गठन गरेको हो ।

महानगरले पहिलो चरणमा खहरे र फिर्के जोडिएको ठाउँबाट माटो निकाल्न लागेको जनाएको छ । ‘पहिलो चरणमा खहरे र फिर्के क्षेत्रमा काम गर्छौं । त्यसपछि अरु ठाउँमा विस्तार गरौंला, महागरका मेयर मानबहादुर जिसीले भने–फेवा संरक्षणमा प्रदेश सरकारको पनि चासो गएको छ । हामी समन्वयमा काम गर्छौं ।’ यही ठाउँमा त्यस क्षेत्रका सांसद राजीव पहारीले प्रदेशसभा सदस्यको सपथ लिएकै दिन माटो फाल्न लागेका थिए ।

तर महानगरले पर्यावरणमा समस्या पर्ने भन्दै माटो नफाल्न निर्देशन गरेपछि पहारी ब्याक हटेका थिए । सांसद पहारीले ढिलै भएपनि महानगरले अभियान थालनी गरेको भन्दै निरन्तरता दिन आग्रह गरे । ‘सुरु गर्नु ठूलो कुरा हैन । धेरै तिर यसरी तालमा माटो थुप्रिएको छ, उनले भने–ति सबै माटो निकालेर फेवाको आकार बढाउनुपर्छ । हामी पनि साथमा छौं ।’

सांसद विन्दुकुमार थापाले पनि महानगर र प्रदेश सरकारले गरेको काममा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । प्रदेश सरकारको एक्सन कमिटीको सदस्य समेत रहेका उनले सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गराउन खुट्टा कमाउन नहुने उनको धारणा छ ।

‘सर्वोच्चले गरेको निर्णय कार्यान्वयन गरेमात्रै फेवाताल जोगिन्छ । यसमा सबैको समर्थन र साथ पनि छ, उनले भने–यस्तो अवस्थामा पनि काम गर्न नसके हाम्रा सन्ततीले फेवाताल देख्न पाउँदैनन् । निर्णय कार्यान्वयन गराउने राम्रो अवसर हामीले पाएका छौं ।’

फेवातालबाट निकालिएको माटो हल्लनचोक नजिकै रहेको क्याम्पिङ चौरमा थुपारिने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment