पोखरामा सिनियर विश्व ग्रेड ४ टेनिस च्याम्पियनसिप हुने

पोखरा ।

पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार देखी एनआईसी एसिया बैंक आईटिएफ सिनियर विश्व बरियता ग्रेड ४ टेनिस च्याम्पियपनसिप हुने भएको छ ।

नेपाल र भारतका विभिन्न उमेर समूहका ५२ जना खेलाडीले प्रतियोगितामा भाग लिने छन् । विजेताले अंक प्राप्त गर्ने छन् । प्राप्त अंकको आधारमा खेलाडीको बरियतामा तय हुदैं जाने छ ।

प्रतियोगितामा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जनाको र ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा २० जनाले बरियता प्राप्त गर्ने अंकको लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए ।

५५ वर्षमाथिको उमेर समूहमा नेपालका भेट्रान खेलाडी कमल थापाले खेलमा सहभागीता जनाउने छन् । तीन वटै उमेर समुहमा गरी १२ जना भारतीय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पाँच दिनसम्म चल्ने प्रतिस्पर्धाले खेलकुदको माध्यमबाटै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले वर्षेनी आयोजना गरिने प्रतिस्पर्धाले टेनिसको विकास र विस्तारसँगै टुरिज्म प्रोमोसन हुने विश्वास व्यक्त गरे ।

उनले टेनिसको आवश्यक भौतिक पुर्वाधारको रुपमा कोर्टहरु तयार भएको जनाउँदै आगामी दुई महिनाभित्रमा हार्ड कोर्ट र प्यारापिटसहितको चेन्जिङ तथा शौचालय तयार हुने जानकारी दिए ।

प्रतियोगिताको संयोजक प्रिती बरालका अनुसार शुक्रबार सबै खेलाडीको नाम इन्ट्री भईसक्ने उल्लेख गर्दै शनिबार विहानदेखि खेल शुरु हुने बताइन् । कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले सिनियर ग्रेड ४ टेनिस च्याम्पियनसिप टेनिसको विकासमा कोशे ढुंगा हुने बताए । उनले पोखरामा महिला तथा पुरुष खुल्ला टेनिस प्रतियोगिता आयोजना गर्ने दृढता व्यक्त गरे ।